त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा.योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न