बेथितिले अस्तव्यस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन सुरु गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको पाँच जनाको टोलीले प्रतिष्ठानको खरिद र निर्माणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।