अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो ।टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । उनले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताए ।केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो ।