ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ ।कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनीहरूले ५ महीनामा आर्जन गरे ६१ अर्बभन्दा बढी बीमा शुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू. ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू. ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू. ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए ।  चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू. १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।  यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ७ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. ६ अर्ब ९२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले रू. ६ अर्ब ७९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  गत वर्षको तुलनामा चालू आवको ५ महीनामा अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीसँगै सन नेपाल लाइफ र एलआइसी नेपालको व्यवसाय भने घटेको छ भने बाँकी सबै कम्पनीको व्यवसाय बढेको छ ।  गत आवको तुलनामा चालू आवमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । यस कम्पनीले मङ्सिर मसान्तसम्ममा रू. १ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा आर्जन गरेको बीमा शुल्कभन्दा १५ दशलमव ९३ प्रतिशत बढी हो ।  यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क १३ दशलमव ३४ प्रतिशत, आइएमई लाइफको ११ दशमलव १८ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको साढे ९ प्रतिशत वृद्धि भएको छ ।  राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क १८ दशमलव ६३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेकोमा चालू आवमा घटेर रू. ४ अर्ब ५२ करोडमा झरेको हो । सन नेपाल लाइफको बीमा शुल्क ११ दशलमव १७ प्रतिशत घटेको छ । कुन कम्पनीले कति आर्जन गरे बीमा शुल्क  स्रोत : नेपाल बीमा प्राधिकरण ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक् वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । कम्पनीका अनुसार यस त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएको छ। यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रूपैयाँ रहेको छ। जुन अघिल्लो आवको […]

नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको कारोबार ओक्का भएको हो। २ कम्पनी बीच आज बिहान मर्जर सम्बन्धि सम्झौता भएसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  मर्जर सम्बन्धि समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्। बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको हो ।दुवै कम्पनीले आइतबार मर्जरमा जानको लागि सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  आइतबार भएको सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।मर्जरको नाममा  कारोबार रोक्का हुँदा लगानीकर्ता भने मारमा पर्ने गरेका छन् । नेपाल धितोपत्र बोर्डले साउनदेखि यसको समाधान हुने दाबी गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले साउनपछि मर्जरको नाममा कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का नहुने बताएका छन् । केहि दिन अघि बोर्डमा आयोजित पत्रकार सम्मलेनको क्रममा उनले कारोबार नरोक्ने विषयमा काम भईरहेकोले साउनसम्ममा त्यसको नतिजा देखिने बताएका हुन् ।राष्ट्र बैंकको नियमावली मै मर्जरमा जाँदा कारोबार रोक्का गर्ने विषय रहेकोले त्यसको लागि नियमावली नै संशोधन गर्नु पर्ने र सो कार्य प्रक्रियामा नै गईसकेकोले साउनपछि कारोबार नरोकिने बताएका हुन् । कारोबार नरोक्ने विषयमा बोर्ड, नेप्से, राष्ट्र बैंक, बिमा समिति सबैको समान धारणा रहेको उनले बताएका थिए ।

जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दावी रकम करीब ३ % ले वृद्धि

जेठ ५, काठमाडौं । १६ ओटा जीवन बीमा कम्पनीहरूकोे रू. ३ अर्ब ६ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूमा परेको दाबी रकम भुक्तानी हुन बाँकी रहेको हो । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । तर, दुई ओटा जीवन बीमा कम्पनीको भने दाबी भुक्तानी रकम बाँकी छैन । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानी हुन बाँकी नरहेको वित्तीय विवरणमा देखिन्छ । त्यसैगरी राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नु पर्ने रकम कति छ, उल्लेख गरेको छैन ।  १६ ओटा जीवन बीमा कम्पनीको बीमितलाई दिनुपर्ने दाबी भुक्तानी रकम गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ९८ करोड थियो । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी हुन बाँकी रकम २ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । १६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ ।  यो कम्पनीको रू. १ अर्ब २८ करोडभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा १२ दशमलव २८ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन दाबी बाँकी रकम रू. १ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी दोस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ ।  १६ ओटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रू. ४ लाख ३६ हजार दाबी रकम भुक्तानी हुन बाँकी छ । प्रतिशतका आधारमा सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ३९६ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीले गत आवमा भुक्तानी गर्न बाँकी दाबी रकम रू. ७ लाख ८१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड १६ लाख पुगेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशतले बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस्तै, खुद बीमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ३

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ । कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत का...