बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूबिच मर्जरको खाँचो रहेको औँल्याएका छन् । सोमबार राजधानीमा आयोजित आईएमई जनरल इन्स्योरेन्सको नयाँ प्रोडक्ट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । जीवन बीमा र निर्जीवन बीमाका दुबै क्षेत्रमा काम गर्ने कम्पनीहरूको सङ्ख्यात्मक वृद्धि भएता पनि तिनको गुणात्मक वृद्धि हुन नसकेको भन्दै सिलवालले त्यसका लागि पुँजी वृद्धिको आवश्यकता रहेको बताए । ‘अहिले जति बीमा कम्पनीहरू सञ्चालनमा छन्, ती सङ्ख्यात्मक रूपमा मात्र