बर्दिबासको मेयर र उपमेयरमै स्वतन्त्र उम्मेदवार विजयी

जनकपुरधाम – महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद कुमार क्षेत्री निर्वाचित भएका हुन्। उनले १४ हजार २१० मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत ल्याए। क्षेत्री जेब्रा छापबाट चुनाव लडेका थिए। यस्तै उपमेयरमा स्वतन्त्र उम्मेदवार तारादेवी निर्वाचित भएकी छन्। […]

सम्बन्धित सामग्री

रौतहट-२ मा स्वतन्त्र उम्मेदवार विजयी

रौतहट। रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ। नेकपा एमाले बाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका किरण साहले ४ हजार ५९४ फराकिलो मतान्तरले विजयी हुनु भएको हो । उहाँले ३२ हजार ८४२ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका फिरदोस आलमले २८ हजार २४८ मत प्राप्त […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । नेकपा एमालेका नेता प्रभु शाहले  एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याउनुभयो । प्रभु साहलाई माओवादीले पनि समर्थन गरेको थियो ।

नवलपरासी-२ ‘क’मा स्वतन्त्र उम्मेदवार विजयी

परासी । गठबन्धका उम्मेदवारको जमानत जफत गराउँदै नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ ‘क’ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चिनक कुर्मीलाई १० हजार ४२० को फराकिलो मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवारलाई छैठौं स्थानमा पर्नुभएको छ । बस्नेतले १२ […]

रुकुमपूर्व प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

रुकुम (पूर्व) : रुकुम पूर्वको प्रदेशसभा क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) विजयी भएका छन्।सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) लाई बिजुलीको बल्ब चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार अजयशक्तिले पराजित गरेका हुन्।  ओली नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य हुन् भने स्वतन्त्र उम्मेदवार पुन मगर नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य थिए। स्वतन्त्र उम्मेदवार पुन मगरले ४ हजार ४६५ मत प्राप्त गरेर विजयी भएका हुन्।

ललितपुर महानगरपालिकाको वडामा फेरि अर्का स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिका वडा नम्बर १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८६८ मत पाएर विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए ।  यसअघि वडा नम्बर १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।

ललितपुर महानगरपालिका-१३ मा स्वतन्त्र उम्मेदवार केसी विजयी

काठमाडौँ – ललितपुर महानगरपालिका वडा नम्बर –१३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार केसीले ८६८ मतका साथ सो वडाको अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६८९ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले २७६ मत प्राप्त गरेका छन्। वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।

डिलाशैनीमा स्वतन्त्र उम्मेदवार विजयी

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् । उपाध्यक्षमा बोहराले ३ ह

धादिङमा ३ स्वतन्त्र उम्मेदवार विजयी

धादिङ: धादिङको ४६ वडाको मत परिणाम सार्वजनिक हुँदा ३ वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। नीलकण्ठ नगरपालिका-३, धुनीवेँसी नगरपालिका-५ र ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवा विजयी भएका हुन्।दलहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको र स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षण बढेका कारण दलको वर्चश्व भएको स्थानमा समेत स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका राजकु

विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर : विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।जनता समाजवादीबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार (लाल्टिन) चुनाव चिह्न लिएका जितेन्द्रकुमार साह वडाध्यक्षमा विजयी भएका हुन्। साहले ७१६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा जसपाका उम्मेदवार दिनेशकुमार यादव ६८ मतले पछि परे।यादवले ६३८ मत पाएका छन्। सो वडामा स्वतन्त्रबाट थप २ सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन्।

ललितपुर–१ मा स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ललितपुर महानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन् । पुतली चुनाव चिन्हबाट उठेका उनले ६६१ मत ल्याए ।अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेका थिए । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वडावासीहरुलाई धन्यवाद व्यक्त […]