एनसीएचएल–ईसीसी र एनसीएचएल–आईपीएस प्रणालीको कारोबार समय सीमामा फेरबदल

नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समय सीमा थप गरेपछि एनसीएचएल–ईसीसी र एनसीएचएल–आईपीएस प्रणालीको कारोबार समय सीमा फेरबदल गरिएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले जनाएको छ ।

सम्बन्धित सामग्री

सीमामा भारू सस्तिनुको कारण

नेपाली मुद्रा भारतीयसँग आबद्ध (पेग्ड) गरिए पनि कुनै बेला राष्ट्र बैंकले तोकेको मूल्यभन्दा बढी नेपाली तिरेर भारू साट्नुपर्ने भारतीय सीमाक्षेत्रमा अहिले तोकिएको दरभन्दा ५/१० रुपैयाँ सस्तोमा भारू पाउन थालिएको छ । १ सय भारूका लागि १६० रुपैयाँ तय गरिए पनि १५५ भन्दा थोरैमा भारू पाउन थालिएको छ । किन यसरी सरकारले तोकेको दरभन्दा नेपाली मुद्राको भाउ बढेको छ भन्ने कारण खोज्नुपर्ने देखिएको छ । भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । अन्यथा भोलिका दिनमा गम्भीर समस्या आउन सक्छ । छोटो समयका लागि सरकारले तोकेको दरभन्दा सस्तोमा वा महँगोमा भारूको कारोबार हुन सक्छ । २०७२ सालमा भारतीय नाकाबन्दी ताका थोरै समयका लागि यस्तो भएको स्थानीयको भनाइ पाइन्छ । तर, अहिलेको अवस्था केही फरक देखिएको छ । सरकारले तोकेको विनिमय दरभन्दा भारू सस्तोमा विक्री भइरहेको केही महीना भइसकेको छ । त्यसैले अहिलेको अवस्थालाई लिएर गम्भीर हुनुपर्ने देखिएको छ । सीमाक्षेत्रमा सरकारी मूल्यभन्दा कममा भारू विक्री हुँदा नियामक निकाय र सरकारबाट भने किन यसो भइरहेको छ भनेर अध्ययन गरेको सूचना सार्वजनिक भएको छैन । यसले गर्दा सर्वसाधारणले यसबारे जानकारी पाउन सकेका छैनन् । यसरी चासो नदिनु गलत हो । यसलाई बेवास्ता गर्ने हो भने भोलिका दिनमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन । सिद्धान्तत: भारूको आपूर्ति बढेर यसको भाउ घटेको हो भन्न सकिन्छ । अर्थात् सीमाक्षेत्रमा भारूको आपूर्ति बढ्यो वा नेपाली मुद्राको माग बढ्यो । या त भारतीयले नेपालमा लगानी गरे या उनीहरूले नेपालबाट सामान बढी किने भन्ने अर्थमा बुझ्न सकिन्छ । यसका साथै सीमाक्षेत्रमा अनौपचारिक अर्थतन्त्र फस्टाएको पनि हुन सक्छ । त्यसो हुँदा उनीहरूलाई भारूभन्दा नेपाली रुपैयाँ बढी आवश्यक पर्‍यो । कतिपयले तेस्रो मुलुकबाट आएको सुन, चिनियाँ उत्पादन र लागू पदार्थ नेपालबाट भारततर्फ अवैध बाटोबाट गइरहेको तर्क गरेका छन् । उनीहरूले नेपाली रुपैयाँमा यसको भुक्तानी गर्ने भएकाले नेरूको माग बढेर भारू केही सस्तो भएको आकलन गरेका छन् । हुन त सुरक्षा संयन्त्रले यसरी भारततर्फ सामान जानै नसक्ने तर्क गरेको छ तर खुला सिमाना भएकाले यसै हो भन्न सकिँदैन । अर्को, भारतमा भन्दा अहिले नेपाली बैंकमा ब्याजदर बढी भएको बताइन्छ । बढी ब्याजका लागि भारतीयहरूले नेपाली रुपैयाँ साटेर यहाँ राखेको अनुमान पनि एकथरीको छ । त्यसो त भारतीयहरू सीमा क्षेत्रमा मदिरा सेवन गर्न आउने गर्छन् । त्यसले गर्दा पनि नेपाली रुपैयाँको माग भएको हुन सक्छ । तर, विनिमय दरलाई नै प्रभावित पार्ने गरी त्यति ठूलो परिमाणमा नेपालमा भारू आएको नहुनुपर्ने हो । अत: यसरी भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । भूराजनीतिक अवस्थाका कारण नेपालले भारत र चीनसँग निकै संवेदनशील भएर व्यवहार गर्नुपर्ने हुन्छ । दुवै मुलुकले नेपाललाई पूर्णत: विश्वास गर्न नसकेको अवस्था छ । खासगरी आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताका विषयमा भारत र चीन दुवै निकै गम्भीर देखिन्छन् । यदि केही व्यवसायीको भनाइलाई पत्याउने हो भने चिनियाँ सुन तस्करी भएर भारत गइरहेको छ । यस्तो अवैध कारोबार भएको हो भने त्यो निकै गम्भीर विषय हो । त्यसमा पनि भोलि छिमेकी मुलुकले आवाज उठाउनुपर्‍यो भने नेपालको छवि बिग्रन सक्छ । साथै अन्य समस्या पनि आउन सक्छ, जसले दुई देशको आपसी विश्वासमा संकट उत्पन्न गर्न पनि सक्छ । त्यसैले यसबारे सरकारले तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।

चेक क्लियरिङ्ग प्रणालीको कारोबार समय सीमामा फेरबदल

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ । साथै शनिबार र आइतबार हुने सार्वजनिक विदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरू शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी जेष्ठ ३ देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ । उक्त व्यवस्था अनुसार चेक क्लियरिङ्ग प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे स

काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]

युद्द सुरु भएपछि रसियाको स्टक एक्सचेन्जमा कारोबार स्थगित

रुसको सबैभन्दा ठूलो स्टक एक्सचेन्जको रुपमा रहेको मस्को स्टक एक्सचेन्जमा कारोबार स्थगित गरिएको छ  । मस्को स्टक एक्सचेन्जले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मको लागि अनिश्चितकालको लागि कारोबार स्थगित गरेको जनाएको छ  । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को स्टक एक्सचेन्जले कारोबार स्थगित गरेको हो । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएसंगै रुसले युक्रेन माथि आक्रमण थालेको हो । विश्वभरको समाचारहरु ट्वीटर एकाउन्ट मार्फत जानकारी दिने स्पेकटेटर इन्डेक्सका अनुसार अहिले रुसले  ब्यालिस्टिक र क्रुज मिसाईलद्वारा आक्रमण गरिरहेको छ । युक्रेनका अधिकारीलाई उधृत गर्दै उसले रुसी सेनाहरु बोर्डर पार गरेर युक्रेनको भूमिमा प्रवेश गरिरहेको जनाएको छ । रुसले यस अघि नै सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको थियो । अमेरिकी सेनेटर मारको रुबियोले रुसले युक्रेनमा रहेको अन्तराष्ट्रिय विमानस्थल कब्जा गर्न खोजेको र त्यही क्षेत्रको आसपास आक्रमण गरिरहेको बताएका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खार्किभ लगायतका युक्रेनका विभिन्न भागमा ठूला बिस्फोटका आवाज सुनिएका छन् । अमेरिका लगायतका पश्चिमा देशले भने तुसको कदमको निन्दा गर्दै यसको जिम्मेवारी रुसले नै लिनु पर्ने बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता  दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' ।  हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।   साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ ।

सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गर्ने प्रतिबद्धता

नेपालगञ्ज । सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्जमा बुधवार सम्पन्न नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।      लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागूऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बैठकमा हातहतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागूऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको छ । भारतीय अधिकारीले उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालका तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रहरी उपरीक्षकको सहभागिता थियो । भारतमा सहजरूपमा कारोबार हुँदा लागूऔषध नेपालमा सहजै भित्रिएको भन्दै त्यसमा कडाइ गरिदिन भारतीय सुरक्षा अधिकारीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआईजीको सहभागिता थियो । रासस

चीन र भारतको सीमामा तनाव, व्यापारमा भने उच्च कारोबार

भारत र चीनबीच उत्तरी क्षेत्रमा तनाव जारी छ। दुई देशको सीमा विवादबीच पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत बढी हो। यो बीचमा यो ११ महिनामा भारतले चीनबाट ६.५९ लाख करोडको रुपैयाँ बराबर आयात गरेको छ। गत वर्षको तुलनामा ४९ प्रतिशत बढी सामान खरिद हो।योसँगै चीनले भारतबाट कुल १.९८ लाख करोड लागत बराबरको आयात गरेको छ। जुन गत वर्षको तुलना

उत्तरी सीमामा अड्किए ११ सय कन्टेनर

सिन्धुपाल्चोक । नेपाल सरकारको उदासीनताका कारण यस वर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ताकपडालगायत सामान महँगिने भएको छ । चाडपर्वका लागि चीनको क्वान्चाउलगायत क्षेत्रबाट किनिएको सामान २ हप्तादेखि सिगात्से, न्यालममा थुप्रिएका छन् । ल्हासा पार गरेका करीब ११ सय कन्टेनर चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न पार्किङ क्षेत्रमा छन् भने नेपालतर्पmको भन्सार नाका सुनसान छ । झिकाएका अर्बौंको सामान बोकेका कन्टेनरले पालो पर्खिएर बसिरहेका छन् । तर, चिनियाँ अधिकारीहरूले खटाइखटाई कन्टेनर पठाउने गरेको र नेपाली आयातकर्ताले दशैंका लागि मगाएको मालसामान दशैंमा बेच्न पाउने सम्भावना टर्दै गएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘११ सयभन्दा बढी कन्टेनर खासा, न्यालम, सिगात्से क्षेत्रमा रोकिएका छन्,’ श्रेष्ठले भने । गएको बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान आयात हुने गरेको तातोपानी भन्सार प्रमुख नारद गौतमले बताए । ‘तिब्बतको ल्हासाका लागि नेपालका महावाणिज्यदूत नवराज ढकालसँगको बैठकमा तिब्बतका अधिकारीहरूले दैनिक २० ओटा कन्टेनर सामान पठाउन सहमति गरे पनि त्यो अनुपातमा भित्रिएका छैनन्,’ गौतमले भने, ‘अहिले दैनिक ८÷९ कन्टेनर सामान आइरहेको छ, त्यो पनि १ वर्ष अगाडि मगाएको सामानमात्र हो ।’ अहिलेसम्म दशैं र तिहारलक्षित सामान नआएको उनले बताए । ‘कृषि, स्वास्थ्यका सामग्रीमात्रै भित्रिएका छन्,’ उनले भने । ल्हासास्थित महावाणिज्य दूतावासमा वाणिज्यसम्बद्ध चिनियाँ अधिकारीसँग बैठकमा महावाणिज्यदूत नवराज ढकालले दशैंतिहारका लागि आएका सामान चिनियाँ क्षेत्रमै अड्किएकाले आयातको आयतन बढाउन चिनियाँ पक्षलाई आग्रह गरेका थिए । ‘चिनियाँ पक्षले दुवै नाकाबाट कार्गो बढाउने वचन दिएको छ । तर, व्यवहारमा नआएसम्म यसै भन्ने अवस्था छैन,’ महावाणिज्यदूत ढकालको भनाइ उद्धृत गर्दै तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने । चिनियाँ पक्षले दिएको हैरानीले नेपाली व्यापारीको गुनासो बढ्दै गएको उनले बताए । चिनियाँ शहरबाट किनेको बढीमा २० दिनभित्र काठमाडौं भित्र्याउने योजनासहित व्यापारीले ‘वी च्याट’ प्रयोग गरेर दशैंलक्षित सामान अर्डर गरेका थिए । ‘दशैंतिहारका सबै सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने, ‘यही अवस्था रहने हो भने १ महीनामा पनि ती सामान काठमाडौं आइपुग्ने अवस्था छैन ।’ कर्जाको ब्याज, डबल गोदाम भाडा र उसै खेर गएको अमूल्य समयको कारण व्यापारी मारमा परेको उनले बताए । नाकासम्मको सडक पहुँच वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा नपर्दा समस्या परेको बस्नेतले बताए । स्थलमार्गबाट सामान ल्याउने वातावरण बिग्रेपछि व्यवसायीहरू आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेको र नाका सहज बनाउन माग गर्दै पटकपटक प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘हामीले नाकालाई सहजरूपमा सुचारु गराउन सरकारका उच्च निकायलाई अनुरोध गरिरहेकै छौं तर उहाँहरूले चासो देखाउनुभएको छैन,’ बस्नेतले भने । ‘दशैंका किनेको सामग्री दशैंपछि आउँदा विक्री नभई गोदाममै थन्किन्छन्, त्यसको मार व्यापारीले खेप्नुपर्छ’, व्यापारी कुमार पौडेलले भने, ‘यो वर्ष गोदाममा रहेका पुरानै सामग्रीले दशैं चलाउनुपर्ने देखिएको छ ।’ कोरोना महामारीका कारण नेपाली पक्ष चिनियाँ क्षेत्रमा जान निषेध छ । विश्वासको आधारमा चिनियाँ पक्षसँग सामग्री अर्डर गरेर सहजरूपमा सिगात्से आएका सामग्री स्थानीय ट्रान्सपोर्ट कम्पनीको एकाधिकार र सरकारी उदासीनताका कारण क्यारिङ गर्न कठिन भएको उनले बताए । तातोपानी भन्सार नाकाको कारोबार २०७२ सालको विनाशकारी भूकम्पपछि निरन्तर प्रभावित बन्दै आएको छ । नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ जस्तै भएको छ । अहिले सामान आयात निर्यातमा समस्या भएकाले बहुसंख्यक नेपाली व्यापारी पलायन हुन बाध्य भएको सीमाक्षेत्र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

सीमामा कोरोना सुस्ताउँदै, हुण्डी कारोबार मौलाउँदै

पर्सा : कोरोना कहर केही सुस्त भएको बेला यहाँका सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार भने मौलाएको पाइएको छ। पछिल्ला ४-५ दिन यताका घटनाले यस्तो देखाएको हो।चालु भदौ महिनाको २८ गते बिहानदेखि ३१ गतेसम्म प्रहरीले तीनवटा अवैध कारोबारका घटनामा संलग्न तीन टोलीलाई हुण्डीको रकमसहित पक्राउ गर्नुले पनि यो प्रष्ट भएको छ। सीमानजिक प्रहरीका आँखा छलेर हुने अन्य अवैध हुण्डी कारोबारको कुनै लेखाजोखा नै छैन।तर, प्रहरीले थाहा पाएर नियन्त्रण लिएका मात्र पछिल्ला ३ घटना सार्वजनिक भएपछि हुण्डी कारोबारी सलबलाउन थालेको प्रहरी

एकातिर फैलँदो कोरोना, अर्कातिर सीमामा अवैध कारोबार

झापा : स्थानीय प्रहरीकै मिलेमतोमा सीमा नाकाबाट सरसामान अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने र भारत निकासी हुने गरेको पाइएको छ।दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गृहदेखि स्थानीय प्रशासनसम्मले सीमा नाकामा कडाइ गर्न सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ। तर, सो निर्देशनविपरीत नाकामा तैनाथ प्रहरीले सीमा कडाइ गर्न छाडेर अवैध कारोबारलाई प्रोत्साहन दिइरहेको पाइएको छ।स्थानीय प्रहरीले सरसामान बरामद गर्न छाडेपछि जिल्लाबाट खटिएका सादा पोसाकका सशस्त्र र नेपाल प्रहरीले