कोरोना महामारीको मारमा होटल र पर्यटन व्यवसाय कर मिनाहाको माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले कर तथा शुल्क मिनाहाको माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि पटकपटक लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले होटल, पार्टी प्यालेस र पर्यटन व्यवसायको सम्पत्ति कर, घरबहाल कर र व्यवसाय कर मिनाहा गर्न महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरसफाइ शुल्कसमेत मिनाहा हुनुपर्ने बताएका छन् । भारतीय सिमानासँग जोडिएका वीरगञ्ज र आसपासका क्षेत्रका होटल र पर्यटकीय क्षेत्र कोरोना महामारी शुरू भएदेखि नै संकटमा परेको संघका अध्यक्ष हरि पन्तले बताए । २०७६ चैत ११ देखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा ६ महीनामा खुले पनि सिमानाबाट आवागमन सहज नहुँदा व्यवसाय तंग्रिन नसकेको र पुनः गत वैशाखदेखि लगाइएको निषेधाज्ञाले मारमा परेको पन्तको भनाइ छ । विगतमा बन्दाबन्दी खुले पनि सरकारले लामो समयसम्म सीमाबाट सवारी आवागमनमा रोक कायमै राखेको थियो । कोरोना महामारीका कारण उत्पन्न संकटले ऋणको ब्याज, किस्ता र भाडामा रहेका होटलले घरभाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीको गुनासो छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि संघले माग गरेको अध्यक्ष पन्तले बताए । संघको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रले भोगेको समस्याप्रति आफू संवेदनशील रहेको बताए । व्यवसायीका माग यथाशक्य सम्बोधन गर्ने आश्वासन पनि उनले दिए ।

सम्बन्धित सामग्री

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक नराख्न माग

लुम्बिनी : लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्।विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्नाले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थामा स्थायी रोक लगाउन व्यवसायीले माग गरेका छन्।लुम्बिनी होटल सङ्घ नेपालले आज (मंगलवार) लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस का

होटल र पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योग सरह मान्यता दिने बताएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन माग राख्दै दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसमा आफू सकारात्मक रहेको बताएका हुन् । ‘होटेल तथा पर्यटन व्यवसाय’ लाई उद्योग सरह मान्यता दिनुपर्ने यसअघि पनि […]

होटल व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

होटल संघ नेपालले कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताएका छन् । मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसँग होटल संघ नेपालकी अध्यक्ष सृजना राणासहितको टोलीले ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ यता पर्यटक आगमनमा सुधार नभएकाले होटलहरु घाटामा सञ्चालन […]

विदेशी पर्यटकको आवागमन सहज बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विदेशी पर्यटक आवागमनलाई सहज बनाउन माग गर्दै ११ पर्यटन व्यवसायी सम्बद्ध संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। विदेशी पर्यटक आवागमन सहज नहुँदा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनर्उत्थान हुन...

होटल खोल्न अनुमति माग्दै पर्सा प्रशासनमा ज्ञापन

असार ११, वीरगञ्ज  । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।  कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण व्यवसाय ठप्प हुँदा व्यवसाय थलिएको भन्दै स्वास्थ्य सतर्कताका मापदण्ड पलाना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीहरूले बताएका छन् ।  सरकारले निषेधाज्ञा खुकुलो गर्दै निजी सवारी सञ्चालनमा ल्याइसकेको र हवाई यातायातसमेत खुलाउने तयारी गरेकाले होटल र पर्यटन व्यवसाय बन्द राख्नुको औचित्य नभएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको भनाइ छ ।  गत बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञायता व्यवसाय थप संकटमा परेको अध्यक्ष पन्तको भनाइ छ । २०७६ चैतदेखि ६ महीनासम्म लगाइएको बन्दबन्दी र निषेधाज्ञा हटाउँदा पनि स्थानीय होटल र पर्यटन व्यवासाय आंशिक रुपमा मात्र खुलेको थियो ।  बन्दाबन्दी र निषेधाज्ञा हटे पनि सिमा नाकाबाट सवारी आवागमन नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवासाय चल्न सकेको थिएन । यसबाट व्यवसाय थप मारमा परेको गुनासो उनीहरूको छ ।  यसपटक जिल्ला कोभिड व्यवस्थापन केन्द्रले असार तीन गतेदेखि अन्य क्षेत्र खुकुलो पारेको अवस्थामा होटल र पर्यटन व्यवसाय खोल्ने अनुमति नदिएको गुनासो पन्तले गरे । ‘कोरोनाको दोस्रो लहरमा व्यवसाय झन् संकटमा परेको छ । होटल ऋणको ब्याज, किस्ता, घर भाडासमेत तिर्न नसक्ने अवस्था पुगेका छन्,’ उनले सञ्चारकर्मीहरूसित भने ।

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

कोरोना महामारीको मारमा वीरगञ्जका होटल र पर्यटन व्यवसाय

असार ७, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यावसायीले कर तथा शुल्क मिनाहाको माग गरेका छन् ।  कोरोना महामारी नियन्त्रणका लागि पटकपटक लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै होटल तथा पर्यटन व्यावसायी संघ वीरगञ्जले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।  व्यावसायीले होटल, पार्टी प्यालेस र पर्यटन व्यवसायको सम्पत्ति कर, घरवाहल कर र व्यवसाय कर मिनाह गर्न महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । व्यावसायीले सरसफाई शुल्कसमेत मिनाह हुनुपर्ने बताएका छन् ।  भारतीय सिमानासित जोडिको वीरगञ्ज र आसपासका क्षेत्रका होटल र पर्यटकीय क्षेत्र कोरोना महामारी शुरु भएदेखि नै संकटमा परेको संघका अध्यक्ष हरि पन्तले बताए । २०७६ चैत ११ देखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा ६ महीनामा खुले पनि सिमानाबाट आवागमन सहज नहुँदा व्यवसाय तंग्रिन नसकेको र पुनः गतवैशाखदेखि लगाइएको निषेधाज्ञाले मारमा परेको पन्तको भनाइ छ ।  विगतमा बन्दान्दी खुले पनि सरकारले लामो समयसम्म सिमाबाट सवारी आवागमनमा रोक कायमै राखेको थियो । कोरोना महामारीका कारण उत्पन्न संकटले ऋणको ब्याज, किस्ता र भाडामा रहेका होटलहरुले घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको व्यावसयीको गुनासो छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि संघले माग गरेको अध्यक्ष पन्तले बताए ।  संघको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रले भोगेको समस्याप्रति आफू सम्वेदनशील रहेको बताए । व्यावसायीमा माग यथासक्य सम्बोधन गर्ने आश्वासन पनि उनले दिए ।

कर नलिन होटल व्यवसायीको माग

पर्सा : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ। संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको क

वीरगञ्जमा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन माग

६ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले कोरोना महामारीले थलिएका होटल तथा पर्यटन व्यवसाय उत्थान केन्द्रित बजेट ल्याउन महानगरपालिकासँग आग्रह गरेका छन् । होटल तथा पर्यटन व्यवसायीहरुले महानगर प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले होटल व्यवसायी र …

मुस्ताङको पर्यटन क्षेत्र खुलाउन म्याग्दी होटल व्यवसायी संघको माग

म्याग्दी- कोरोना भाइरसको त्रासले बन्द रहेको मुस्ताङको पर्यटन व्यवसाय खुलाउन म्याग्दीका होटल व्यवसायीले माग गरेका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको पर्यटन क्षेत्र खुलाउन माग गर्दै होटल व्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समन्वयको लागि ज्ञापनपत्र बुझाएका छन् ।सरकारले लगडाउन खुलाएको अवस्थामा मुस्ताङले आजसम्मपनि कोभिडको कारण देखाएर […]