कर नलिन होटल व्यवसायीको माग

पर्सा : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ। संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको क

सम्बन्धित सामग्री

आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग

काठमाडौं, जेठ ३०। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको […]

कटन र उनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत

गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग

काठमाडौं, ९ चैत्र । कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन्। झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा सहभागी व्यवसायीले राज्यलाई खर्बौँ कर तिर्ने व्यवसायी अहिले सडकमा आउँदा राज्य मौन बसेको दुःखेसो पोखे। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब […]

व्यवसायीको माग सम्बोधन भएन, अब सरकारविरुद्ध आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्ध आन्दोलनको आवश्यकता रहेका बताएका छन् । ‘हामी उद्यमी व्यवसायीमा आन्दोलन, नारा, जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभामा बोल्दै उनले भने, ‘अहिले […]

पेट्रोलियम पदार्थकाे मूल्य तत्काल घटाउन व्यवसायीको माग

काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् । […]

दानाको कच्चा पदार्थ आयातमा लगाइने कर घटाउन व्यवसायीको माग

३० फागुन, काठमाडौं । कच्चा पदार्थमा भएको मूल्यवृद्धिले दानामा अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् । नेपाल दाना उद्योग संघले एक विज्ञप्ति निकाल्दै विभिन्न वस्तुको आयातमा सरकारले लगाइरहेको कर घटाउन माग गरेका हुन् । दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अशोभाविक […]

विद्युतीय कर प्रणालीलाई सरल बनाउन उद्योगी व्यवसायीको माग

उद्योगी व्यवसायीहरुले विद्युतीय कर प्रणालीलाई सरल बनाउन माग गरेका छन् । कर सहभागीतामा विद्युतीय प्रणालीको उपयोग र आर्थिक ऐन २०७८ ले प्रदान गरेका छुट तथा सहुलियतका विषयमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र आन्तरिक राजश्व विभागद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रियामा उद्योगी व्यवसायीहरुले अनलाइन कर सेवालाई सरल बनाउन सुझाव दिएका हुन् । कर प्रणालीका अनलाइन सेवाहरु चलाउन समस्या रहेको भन्दै उद्योगी व्यवसायीहरुले आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतसमेत सहज रुपमा पाउन नसकिएको गुनासो गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षसमेत रहेका उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुले भोग्दै आएका राजश्वसँग सम्बन्धित समस्याहरु राखेका थिए । उनले कर कार्यालयको अनलाइन प्रणालीका विषयमा साक्षरता बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौड्यालले उद्योगी व्यवसायीहरुले भोग्दै आएका कर तथा राजश्व सम्बन्धि समस्याहरु समाधान गर्दै लैजाने प्रतिवद्धता जनाएका छन् । अन्तरक्रियामा जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्य तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कर तिर्ने वातावरण बनाउन व्यवसायीको माग

दाङ-स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन विकास र समृद्धि भन्ने नाराका साथ सुरु भएको दसौं राष्ट्रिय कर सप्ताहको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवसायीले तिरेको कर देशको विकासका लागि भएकाले सबै करको दायरामा आउनु पर्ने बताए । यसका लागि राज्यले वातारण सृजना गर्नुपर्ने उनको भनाइ छ । “सबै […]

कर बुझाउने म्याद बढाउनुपर्ने व्यवसायीको माग

सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।...

विद्युत् महशुल र कर बुझाउने समय थप्न बारा / पर्साका व्यवसायीको माग

वैशाख २४, वीरगञ्ज । बारा र पर्साका उद्योगी व्यवयासीले विद्युत् महशुल र कर बुझाउने समय थप्न सरकारसँग माग गरेका छन् । यस क्षेत्रमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएकाले दैनिक उत्पादन, व्यवसाय र प्रशासनिक कामकारवाही प्रभावित भएको भन्दै यस्तो समय थप्नुपर्ने माग निजी क्षेत्रले गरेको हो ।   बारा÷पर्साका उद्योगी व्यवसायीहरूको छाता संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण र आन्तरिक राजस्व विभागलाई पत्र लेखेर तोकिएको समयभित्र विद्युत् महसुल र कर दाखिला गर्न सक्ने अवस्था नरहेको बताएको छ ।  स्वास्थ्य संवेदनशीलताका कारण उद्योग प्रतिष्ठानमा कर्मचारी तथा कामदार आवतजावत गर्न नसकेकाले समस्या भएको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दैनिक उपभोग्यवाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमनसमेत बन्द भएकाले समस्या भएको गुप्ताको भनाइ छ । विगत बन्दाबन्दीले मारमा परेका उद्योग व्यवसाय सामान्य गतिमा अघि बढ्नेक्रममा रहेका बेला कोरोनाको दास्रो लहर शुरू भएको र नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाले थप मार परेको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  ‘पछिल्लो निषेध आदेशबाट अवस्था झनै जटिल हुन पुगेको छ । कम्तीमा विद्युत् महशुल र कर दाखिलाको समयमा सहुलियत पाए पनि राहत हुने थियो,’ उपाध्यक्ष राजपालले आर्थिक अभियानसित भने ।  सानो लगानीमा सञ्चालनमा रहेका उद्योग र व्यवसायीहरूमा विद्युतीय प्रविधिबाट महशुल दाखिला गर्न सक्ने दक्षता नभएको संघको दाबी छ । ठूलो प्रकृतिका उद्योग व्यवसायमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारीको अनुपस्थितिले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न सम्भव नभएको संघका उपाध्यक्ष हरि गौतमले बताए ।  निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्यमी व्यावसायीले माग गरेका छन् । यो अवधिमा महशुल र कर तिर्न नसक्दा जरीवाना नलिन संघले सरोकारवाला  निकायलाई आग्रह गरेको छ ।