नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले लिइन शपथ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे एमालेको जिम्मेवारीबाट अलग

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् । लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा …

उपनिर्वाचन र राष्ट्रिय सभा उपाध्यक्ष चुनावमा पाँच दल पाँचतिर

बहुमतका लागि संसदीय अंकगणितको बाध्यताले एकै ठाउँ रहेका सत्तारूढ पाँच दल राष्ट्रिय सभा उपाध्यक्ष र

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एसलाई दिइने

उच्च स्रोतका अनुसार आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको हो।...

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गराईन् अध्यक्षको निर्वाचनबारे सभालाई जानकारी

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको चुनावबारे सभालाई जानकारी गराएकी छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा पर्सि हुने निर्वाचनको बारेमा जानकारी गराएकी हुन् । आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् । पर्सि […]

राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता  भएको छ । तिब्बतमा  भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेशनल कर्पोरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबिच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल...