काठमाडौं। सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख विपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको आरोप लगाएका छन्। संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए। संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै कानूनमन्त्री कार्कीले मुलुकको आवश्यकता विपरित संवाद र वार्ताबाट पर नभाग्न एमालेलाई आग्रह गरेका हुन्।