काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ ।
आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धन र अरू दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।
प्रवक्ता महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुङ्गो लगाइन...