क्रिप्टो गेमबाट ह्याकरले चोरे ७२ अर्ब ७२ करोड

ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका छन् । ह्याकरहरुले रोनीन ब्लकचेनबाट १ लाख ७३ हजार ६ सय इथेरियम चोरेका थिए । प्ले टु अर्न गेममा खेलाडीहरुले गेम खेलेवापत क्रिप्टो पाउने गर्दछन् तर सुरुमा केही शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । ह्याकहरुले प्राइभेट की प्रयोग गरेर ह्याक गरेका थिए । क्रिप्टोकरेन्सीको प्रख्याती बढेसँगै...

सम्बन्धित सामग्री

क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, २४ वर्षीय युवक पक्राउ

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना रहेका छन् ।

अदालतले क्रिप्टो मुद्रा प्रकरणमा पक्राउ ५ जनामध्ये ४ जनालाई पठायो जेल

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले अवैध क्रिप्टो मुद्रा प्रकरणमा पक्राउ परेका ५ जनामध्ये ४ जना जेल चलान गरेको छ। जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतवार पक्राउमध्ये ४ जनालाई जेल चलानको आदेश दिएको हो।अदालतले झनिन्द्रप्रसाद खतिवडाबाहेक रूपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको हो।रुपेश श्रेष्ठ, मीनबहादुर जिसी‚ आशिष अग्रवालसहितका ५ जना कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको क्रिप्टो कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (स

रेमिट्यान्स ५.५ % ले घट्यो, विदेशी विनिमय सञ्चितिमा प्रभाव

माघ २६, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुुसार पुस मसान्तसम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ  ।  गत आव २०७७/७८ को पुस मसान्तसम्ममा रेमिट्यान्स ११ दशमलव १ प्रतिशतले बढेको थियो । चालू आवको शुरुवातीदेखिनै रेमिट्यान्स घट्दै आएको छ । रेमिट्यान्स घट्दै जानुको प्रमुख कारणको रूपमा विश्वभर फैलिएको कोभिड–१९ को प्रभाव र क्रिप्टो करेन्सीमा नेपालीहरुको लगानी बढ्दै जानुलाई लिइएको छ ।  रेमिट्यान्स कम भित्रिदै जाँदा विदेशी विनिमय सञ्चितिमा प्रभाव देखिएको छ । गत असार मसान्तदेखि पुुस मसान्तसम्ममा २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति घटेको छ । पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म विदेशी यो रकम १३ खर्ब ९९ अर्ब ३ करोड रहेको थियोे । ६ महिनाको अवधिमा १६ दशमलव ७ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।   पुस मसान्तसम्म रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ करोड ६७ लाख ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।  त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८ दशमलव १ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार  २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव ५ प्रतिशतले घटेको थियो ।

अब क्रिप्टोबारे बहस आवश्यक

गैरकानूनी भनिए तापनि क्रिप्टो मुद्राको बारेमा खुलेरै बहस हुन थालेको छ । तथ्यांकले पनि के देखाउँछ भने क्रिप्टोमा लगानी गर्ने त्यही मुलुकका धेरै छन् जहाँ यसलाई गैरकानूनी मानिएको छ । आजको प्रविधियुक्त समयमा कुनै पनि अनलाइन वस्तु वा सेवालाई रोक्न वास्तकमै कठिन कार्य हो । फलस्वरूप दक्षिण एशियाली मुलुकले यस्तो मुद्रालाई गैरकानूनी भनी पारिभाषित गरे तापनि यसको चाख उत्तिकै देखिन्छ । मुलुकको केन्द्रीय बैंकभन्दा बाहिर रहेर कारोबार गर्दा समग्र मुद्राको परिचालन नै बिग्रने डर छ भनेर विरोधीहरू तर्क गर्छन् भने क्रिप्टोको वकालत गर्नेहरू यसलाई भविष्यको मुद्रा मान्छन् । यसले महँगी नियन्त्रण मात्र गर्दैन नयाँ प्रचलन पनि सृजना गर्छ भनेर वकालत गरिन्छ । गतवर्षमात्र विश्वप्रसिद्ध संस्था टेस्लाले बिटक्वाइन नस्वीकार्ने निर्णय गर्दा समग्र क्रिप्टोको भविष्यमाथि प्रश्न उठेको थियो । तर, उसले पुनः बिटक्वाइन स्वीकार्ने सोचमा रहेको भनी १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको करेन्सी खरीद गरेपछि विश्व मुद्रा बजार अहिले दोधारमा पर्न थालेको देखिन्छ । भारतको संसद् भवनमै भारतले पनि क्रिप्टो मुद्राको थालनी गर्नुपर्ने विषयले प्रवेश पाएको छ । भारतीय केन्द्रीय बैंकले पनि यस विषयलाई गम्भीरताका साथ लिएको छ । अहिले बिटक्वाइनबाहेक इथेरम, डोजक्वाइनलगायत क्रिप्टो मुद्राको रौनक विश्व बजारमा बढ्दै गएको देखिन्छ । गैरकानूनी भनिएको क्रिप्टो मुद्रा अहिले नेपाली र भारतीय जमातले कुनै न कुनै तरीकाले कारोबार गरिरहेको देख्न सकिन्छ । पारदर्शिता सुनिश्चित गराएर कारोबार सम्पन्न हुने हुँदा क्रिप्टो मुद्राले गरीब मुलुकमा वित्तीय सहभागितासमेत सुनिश्चित गर्ने दाबी भइरहँदा विकेन्द्रीकरणमार्फत ४०० खर्ब अमेरिकीभन्दा बढी बचत हुने विश्वास लिइएको छ । कारोबार खर्च घटाएर, पहिचानयुक्त भुक्तानी माध्यममार्फत कारोबार गर्दा विश्व मुद्राको बजार थप सुरक्षित हुने विश्वाससमेत लिइएको देखिन्छ । गोपनीयता कायम गर्दै ठूलो पहुँच सम्भव भएको हुँदा यसको प्रयोग बढेको देखिन्छ । बजारमा चल्ने हल्ला र आर्थिक गतिविधिले क्रिप्टोको मोल निर्धारण गर्ने भएकाले यसमा लगानी गर्नेहरूले खेप्नुपर्ने मुख्य जोखिम भनेको मुल्यमा देखिने उतारचडाव हो । हिजो के मूल्यमा किनिएको थियो र भोलि के मूल्य हुन्छ भन्ने कुराको सीमा हुँदैन । यस प्रकारको मुद्रालाई न सरकारले नियन्त्रण गरेको हुन्छ, न केन्द्रीय बैंकले गरेको हुन्छ । यसमा ह्याक भएर पैसा लुटिन सक्ने जोखिम छ । गतवर्ष मात्र ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो । यो मुद्रा सञ्चालनमा समस्या आउने हो, र बन्द हुने हो कि भन्ने डरसमेत रहिआएको छ । त्यसैले ठूलो मात्रामा लगानीकर्ताहरू यो एक्कासि बन्द होला कि भन्ने डरमा रहेको देखिन्छ । सहजै प्रवेश गर्न सकिने क्रिप्टो कारोबारमा बाहिरिन उस्तै कठिनसमेत छ । यसले मुलुकभित्र आपराधिक गतिविधि र आतंककारीसँग आबद्ध लगानी प्रवर्दन हुने हो कि भन्ने डर पनि रहन्छ । विश्वबजारमा क्रिप्टोको अवस्था हेर्ने हो भने एल सल्भेडरले बिटक्वाइनलाई कानूनी टेन्डरको मान्यता दिएको देखिन्छ । अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा बिटक्वाइनलाई कानूनी मान्यता प्रदान गरिएको छ । बिटक्वाइनको निर्माण गर्ने समूह आजसम्म को हो थाहा छैन । यसले तेस्रो पार्टीको भूमिकाविना नै समग्र वितरण र कारोबार सम्पन्न गरिरहँदा डर कायम हुनु स्वाभाविक हो । यो अहिले नेपालजस्तो मुलुकमा कानूनी मान्यता दिन नसकिने अवस्था होला । तर, यसको बारेमा थप अध्ययन गर्न आवश्यक छ । यसभित्र लुकेका अवसरहरू खोज्न पनि आवश्यक छ र सम्भावनाबारे थप अध्ययन गर्ने समय आएको छ । यदि यो भविष्यमा सफल भएमा नेपाल र नेपाली लगानीकर्ताले ठुलो मूल्य चुकाउनुपर्ने समेत हुन जान्छ । नाइजेरियाको राजधानीमा एउटा सफ्टवेर निर्माताले बिटक्वाइनबाट आफ्नो भुक्तानी लिन्छ । ब्राजिलमा एउटा डेन्टिस्टले मासिक तलबको केही रकम क्रिप्टोमा लगानी गर्छ । रकमान्तर गर्न सस्तो भएर मात्र होइन, यस प्रकारको मुद्राले मुद्राको भाउ कमजोर बनाउने डरसमेत पन्छाउने गरेको भेटिन्छ । नेपाल जस्तो हुन्डी अत्यधिक हुने मुलुकमा यसको जोखिम झन् बढी हुने हुन्छ । यदि क्रिप्टोलाई व्यवस्थित तरीकाले चलायमान गर्न सकियो भने उतारचडाव हुने डलरको मूल्यबाट हाम्रो अर्थतन्त्र जोगिने हुन्थ्यो । यसले बैंकलाई प्रयोग नगरी अन्तरराष्ट्रिय कारोबारसमेत सञ्चालनमा ल्याउन सहयोग गर्छ । खुला बजारको सिद्धान्त अवलम्बन गर्ने हो भने क्रिप्टोबाट हुने लाभसमेत आकलन गर्न सक्नुपर्छ । यस प्रकारको मुद्राको वितरण वा आपूर्ति निश्चित हुने हुँदा अर्को विश्वास रहने हुन्छ । यद्यपि दक्षिण एशियाली मुलुकमा रहेकाहरूले यसलाई हाल लगानी गर्ने ठाउँकै रूपमा प्रयोग बढी गरेको देखिन्छ । विदेशमा भएको कैयौं अनुसन्धानले के पुष्टि गर्छ भने यस्तो मुद्राले आज परिचालन भएको मुद्राको तत्काल विकल्पका रूपमा प्रस्तुत हुन सक्दैन । कैयौं अनुसन्धानकर्ताले यस प्रकारको मुद्रालाई कारोबार हुने मुद्राभन्दा पनि डिजिटल सम्पत्ति भनेर स्वीकारेको समेत देखिन्छ । भनिन्छ विजेता ऐतिहासिक परिवर्तन गर्न सफल हुनेबाट जन्मन्छ । हिजो प्रतिस्पर्धा को अगाडि अन्तरिक्षमा पुग्ने भन्ने थियो । त्यो परिमार्जित भयो । पछि कोसँग परमाणु शक्ति छ, त्यसमा मूल्यांकन हुन थाल्यो । बदलिँदो युगमा अहिले को सूचना प्रविधिमा अब्बल छ, उही शक्तीशाली हुने देखिन्छ । अहिलेको होडबाजीमा हामीले केही मात्रामा भए पनि यसका बारेमा परीक्षण गर्दा जोखिम त होला, जोखिम लिए बापतको मुनाफा पनि हुन सक्ने हुन्छ । बजारशास्त्रमा एउटा शब्द छ ‘लग्गार्डस’ । यसको अर्थ पछि मात्र चलायमान हुने, वा समग्र बजारले प्रयोग गरिसकेपछि अन्तिमतिर प्रयोग गर्ने भन्ने हो । वाशिङटन पोस्टमा प्रकाशित एक लेखमा जनाएअनुसार शंका गर्ने र जोखिम लिन डराउने भोलि सोहि ‘लग्गार्डस’ समूहमा परेर पछुतो मान्ने अवस्था नआओस् । यदि क्रिप्टो हाम्रो अर्थतन्त्रलाई हानिकारक छ भने त्यो पनि बहसबाट निर्धारण हुनुपर्छ, वित्तीय साक्षरताको अर्को महŒवपूर्ण बहस, अब आवश्यक भइसकेको छ । रेग्मी बैंकर हुन् ।

टेस्लाले बिट्क्वाइन स्वीकार गर्दैन : एलन मस्क

वैशाख ३०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले बिट्क्वाइनमा भुक्तानी गरेर सवारी साधन खरीद विक्रीमा रोक लगाएको छ ।  जलवायु परिवर्तनसम्बन्धी चिन्ताका कारण यसो गरिएको एक ट्विटमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बताएका हुन् । उनको सो ट्विटपछि बिट्क्वाइनको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो भने टेस्लाको शेयरमूल्य पनि ओरालो लागेको थियो ।  सवारी साधन खरीद गर्ने क्रेताहरुबाट बिट्क्वाइनमा समेत भुक्तानी स्वीकार गर्ने मार्चमा कम्पनीले गरेको घोषणाप्रति केही वातावरणविद् र लगानीकर्ताहरुले आलोचना चिन्ता व्यक्त गरेका थिए । कम्पनीले डेढ अर्ब डलर बराबरको बिट्क्वाइन किनेको गत फेब्रुअरीमा सार्वजनिक गरेपछि बिट्क्वाइनको भाउमा उच्च वृद्धि भएको थियो भने समग्र क्रिप्टो बजार नै उकालो लागेको थियो ।  तर बिहीवार कम्पनी अघिल्लो अभिव्यक्तिबाट पछाडि हट्यो । आफूहरु बिट्क्वाइन माइनिङ र कारोबारका लागि खनिज इन्धन विशेषगरी कोइलाको तीव्र प्रयोगबारे चिन्तित रहेको ट्विटमा मस्कले भनेका छन् ।  क्रिप्टोकरेन्सी राम्रो अवधारणा भएपनि वातावरणमा नै क्षति पुर्‍याएर यसलाई बनाउन नसकिने उनको भनाइ छ । कम्पनीले आफूसँग भएको कुनै पनि बिट्क्वाइन नबेच्ने अनि यसलाई बिट्क्वाइन माइनिङका लागि दिगो ऊर्जाको प्रयोग गर्न थालेपछि मात्रै कारोबारका लागि प्रयोग गर्ने पनि उनले बताए ।  केहीले भने मस्कको पछिल्लो अभिव्यक्ति क्रिप्टो बजारलाई प्रभावित बनाउने अर्को चाल भएको पनि बताएका छन् । मस्कको ट्विटका कारण क्रिप्टो बजारबाट ३ खर्ब ६५ अर्ब ८५ करोड डलर गुमेको थियो । बिट्क्वाइन, इथर र आरएक्सपी तीन ओटै प्रमुख डिजिटल मुद्राको भाउ घटेका थिए । एजेन्सी

४ हजार डलरमाथि उक्लियो इथरको भाउ

वैशाख २७, लन्डन (बेलायत) । विश्वको दोस्रो ठूलो क्रिप्टो करेन्सी इथरको भाउ बढेर पहिलो पटक ४ हजार डलरमाथि उक्लिएको छ । सोमवारको कारोबारमा यसको भाउ करीब ७ प्रतिशतले बढी प्रतिगोटा ४ हजार १४१ डलर ९९ सेन्टको उच्चतम् विन्दुमा पुगेको क्वाइन मेट्रिक्सले देखाएको हो । पछिल्लो वृद्धिसँगै यसको बजार पूँजीकरण पनि ४ खर्ब ७६ अर्ब ३० करोड डलरमापुगेको छ ।यो  विश्वको सबैभन्दा महँगो डिजिटल मुद्रा बिट्क्वाइनको भन्दा आधाभन्दा कमहो । सोमवार बिट्क्वाइनको बजार पूँजीकरण ११ खर्ब डलरमा पुगेको थियो । बिहान ८ : ५० बजेको कारोबारमा इथरको भाउ ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिगोटा ४ हजार १३० डलरमा पुगेको थियो ।  बिट्क्वाइनको भाउ पनि शून्य दशमलव ९ प्रतिशतले बढी ५७ हजार ८६१ डलर कायम भएको थियो । अप्रिलमा बिट्क्वाइनको भाउ २ प्रतिशतभन्दा धेरैले घटेको थियो भने इथरको भाउ ४० प्रतिशतभन्दा धेरैले बढ्यो । समग्र क्रिप्टो बजारको मूल्य अहिले २५ खर्ब डलर रहेको क्वाइन मार्केट क्यापले बताएको छ । एजेन्सी