युक्रेन युद्धको असर : तेलको भाउ १४ वर्षयताकै उच्च, प्रति ब्यारेल १३९ डलर पुग्यो

बीबीसी । तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकासहित यसका मित्रराष्ट्रहरूले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो । त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ ।  कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारेल १३९ डलर पुगेको छ । एक...

सम्बन्धित सामग्री

साउदी अरब र फेडबीचको खिचातानीको मारमा तेल बजार

काठमाडौं । साउदी अरब र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’बीच खिचातानीका कारण तेलको भाउ दबाबमा छ । फेडले आफ्नो कसिलो मौद्रिक नीतिलाई नत्यागेसम्म तेल बजारमाथिको दबाब कायमै रहने अमेरिकी बहुारष्ट्रिय लगानी बैंक ‘बैंक अफ अमेरिका’को भनाइ छ ।  गएको गर्मीयामको तुलनामा अहिले तेलको मूल्यमा उँधोगतिको प्रवृत्ति देखिएको बैंकका कमोडिटी रणनीतिज्ञ फ्रास्वाँ ब्लान्चको भनाइ छ । गएको गर्मीयाममा तेलको भाउ तीन अंकमा थियो । फेडले मौद्रिक नीतिलाई आक्रामक ढंगले कसिलो बनाउन थालेपछि आर्थिक वृद्धिदर कमजोर हुने आशंका बढ्दा तेलको भाउ झन् झन् घटिरहेको छ । यसले तेलको भाउलाई टेवा दिन भनेर साउदी अरब र अन्य प्रमुख तेल उत्पादक देशहरूले गरिरहेको कच्चा तेलको उत्पादन कटौतीको असर उल्टिरहेको छ । अहिले साउदी अरब र फेडबीचको लडाइँले तेल बजारमा उथलपुथल ल्याइरहेको ब्लान्च बताउँछन् । यो शाही युद्धमा मौद्रिक नीति खुकुलो हुन नथाल्दासम्म तेलको भाउ खस्किँदै जाने उनको भनाइ छ ।  मंगलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७४ डलर आसपास थियो । यस वर्षको अहिलेसम्मको अवधिको ब्रेन्टको भाउ ११ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २५ दशमलव ५ प्रतिशत कम हो । विशाल परियोजनाका लागि चाहिने खर्च जोहो गर्न साउदी अरबलाई कच्चा तेलको भाउ ८१ डलर आसपास हुनुपर्छ । तेलको भाउलाई टेवा दिन जुलाईदेखि लागू हुने गरी साउदीले दैनिक कच्चा तेल उत्पादन १० लाख ब्यारेलले घटाउने निर्णय गरेको छ । तर, कच्चा तेलको भाउ निर्धारण साउदीको उत्पादन कटौतीले गर्ने छैन ।  वर्षको अन्त्यसम्म तेलको भाउ बढेर प्रतिब्यारेल ८० डलरमा पुग्ने ब्लान्चको प्रक्षेपण छ । त्यो पनि महँगी विस्तारै घट्न थालेर फेडले ब्याजदर वृद्धिको चक्र समाप्तै गर्न सक्ने संकेतका कारण पनि हो । कच्चा तेलको सबैभन्दा ठूलो खपतकर्ता देश चीनको अर्थतन्त्रमा आउने सुधार पनि कच्चा तेलको भाउ वृद्धिमा अर्को कारक हुन सक्छ । एजेन्सी

पश्चिमी देशहरुले लगाए रुसी तेल र ग्याँसमा प्रतिबन्ध  के होला यसको असर ?

फागुन २५, काठमाडौं। अमेरिका र बेलायतले रुसी तेल र ग्यासमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।  बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसी तेल र तेलजन्य उत्पादनको आयात बन्द गर्ने बताएको छ । यूरोपेली संघ (ईयू)ले पनि सन् २०३० सम्ममा रुसको जैविक इन्धनमाथिको आफ्नो निर्भरता निर्मूल पार्ने योजना बनाएको छ । यसको शुरुआत ग्यासबाट गरिनेछ । यसै वर्ष रुसी ग्यासमाथिको निर्भरता दुई तिहाई कम गर्ने योजना ईयूले सार्वजनिक गरेको छ । रुसी अर्थतन्त्रको मुख्य धमनीमा प्रहार गर्न यस्तो कदम चाल्न लागिएको बुधबार अमेरिकी राष्ट्रपती जो बाइडेनले बताएका छन् ।  रुसको आम्दानीको मुख्य स्रोत इन्धन निर्यात हो । युक्रेनमाथि रुसी हमलाको प्रतिकारमा उमाथि लगाइएको आर्थिक प्रतिबन्ध कसिलो बनाउने क्रममा रुसी तेल र ग्यासमा प्रतिबन्ध लगाउन लागिएको हो । तर यस कदमले रुसलाई त असर पार्छ नै यूरोपेली उपभोक्ताहरु पनि मारमा पर्नेछन् । द्वन्द्वको प्रभावका कारण अहिले अमेरिका र बेलायतमा पेट्रोलको भाउ कीर्तिमानी स्तरमा उक्लिसकेको छ । जापानलगायत अन्य बजारहरुमा पनि भाउ कयौं वर्षयताकै उच्च स्तरमा छन् ।  रुसी तेलमाथि पश्चिमी देशहरुले प्रतिबन्ध लगाएमा विश्व बजारमा विनाशकारी परिणामहरु उत्पन्न हुने चेतावनी मंगलबार रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले दिएका थिए । रुस युक्रेनबीचको तनावबीच पछिल्लो समय तेलको भाउ सन् २००८ यताकै उच्च स्तरमा छ । तेलको भाउमा भएको वृद्धिले चीन, इन्डोनेशिया, दक्षिण अफ्रिका र टर्की जस्ता ठूला तेल आयातकर्ता देशहरुको आर्थिक वृद्धिदर एक प्रतिशत अंकले घट्न सक्ने र विश्वको आर्थिक वृद्धिदरमा कमी आउन सक्ने विश्व बैंकका अधिकारीले चेतावनी दिएका छन् । कोरोना भाइरसको महामारीको प्रभावबाट पुनःबहाल भइरहेका र कर्जा देखि मँहगीसम्मका अनेकौं अनिश्चयसँग संघर्ष गरिरहेका उदीयमान अर्थतन्त्रलाई युद्धले अर्को झट्का दिने बताइएको छ ।  गएको एक महीनामा तेलको भाउ दोब्बर भन्दा धेरैले बढिसकेको छ । रुसी तेलमाथि प्रतिबन्धको घोषणासँगै बुधबार अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको भाउ झन्डै ३ प्रतिशतले बढेर प्रतिब्यारेल १३० डलरमाथि उक्लिएका छ । युक्रेनी संकटका कारण विश्वले अहिलेसम्मकै ठूलो आपूर्ति झट्का बेहोर्न सक्ने चेतावनी गोल्डम्यान श्याख्सले दिएको छ । ब्रेन्ट क्रुडको भाउको प्रक्षेपण गोल्डम्यानले बढाएर ९८ डलरबाट १३५ डलरमा पुर्याएको छ ।  बार्कलेजले पनि अवस्था खराब भन्दा पनि खराब हुँदै भयो भने तेलको भाउ २०० डलर नाघ्न सक्ने बताएको छ । तर बार्कलेजले यस वर्षको ब्रेन्ट क्रुडको मूल्य प्रक्षेपण भने संसोधन गरेको छैन । विश्व बजारमा तेलको भाउ बढेसँगै हालैका  दिनमा नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ बढेर यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । विश्व बजारमा कच्चा तेलको भाउमा हुने थप वृद्धिले नेपाली उपभोक्ताहरु झनै मारमा पर्नेछन् । एजेन्सीको सहयोगमा

तेलको भाउ ९ वर्ष यताकै उच्च ११९ डलर पुग्यो

रुस र युक्रेनबीचको युद्धका कारण विश्व अर्थतन्त्रमा देखिइरहेको संकटले खासगरी तेल बजारमाथि ठूलो असर पारेको छ ।

तेलको भाउ ९ वर्ष यताकै उच्च ११९ डलर पुग्यो

रुस र युक्रेनबीचको युद्धका कारण विश्व अर्थतन्त्रमा देखिइरहेको संकटले खासगरी तेल बजारमाथि ठूलो असर पारेको छ ।

युक्रेनविरुद्ध युद्धको अर्थतन्त्रमा असर

रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गरेपछि विश्वभर त्यसको असर परेको छ । युद्ध आफँैमा अमानवीय हो । विश्वका दुईवटा महायुद्ध भोगिसकेको मानव संसार शान्ति चाहन्छ तर युद्धले संसार छोडेको छैन । गएको बिहीबार रुसले युक्रेनको हवाई अड्डा, सैनिक मुख्यालयलगायत स्थानमा हमला गरेपछि विश्वबजारमा कच्चा तेलको भाउ एक सय डलरभन्दा माथि पुगेको छ । त्यसै पनि कोरोना महामारीले थिलथिलो बनाएको अर्थतन्त्रमा कच्चा तेलको भाउ माथि चढ्दा विश्व अर्थतन्त्रले महँगीको सामना गर्नु परेको थियो । पेट्रोलियमको भाउ माथि जाँदा विश्व अर्थतन्त्र नराम्ररी थला पर्ने सम्भावना छ । नेपालजस्तो मुलुकका लागि त्यसको असर महँगो पर्ने छ । यो खुनी युद्धको मार न्यून गर्न नेपालले रणनीतिक र कार्यनीतिक उपाय तत्काल खोज्नु पर्नेछ ।

रुस–युक्रेन युद्धको असर नेपालमा पनि

काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।अमेरिकी ...

कच्चा तेलको भाउ एकै दिन ११ अंक बढेर १०५ डलर पुग्यो

रुस–युक्रेनबीच जारी द्वन्द्वको असर नेपालमा पनि देखिने निश्चित भएको छ । दुई देशबीच केही समयदेखि जारी तनावलाई द्वन्द्वमा परिणत गर्ने गरी युक्रेनमाथि रुसले हमला गरेको पहिलो दिन (बिहीबार) अन्तर्राष्ट्रिय बजारमा कच्चा...

विश्वबजारमा पेट्रोलियम पदार्थको भाउ २०१४ यताकै कीर्तिमानी उचाईमा

लन्डन (बेलायत) । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ । सोमबार एशियाली कारोबारमा ब्रेन्टको भाउ बढेर प्रतिब्यारेल ९४ डलर माथि उक्लिएको छ । यो ब्रेन्टले कायम गरेको सन् २०१४ यताकै नयाँ उचाई हो । पछिल्ला सात हप्तामा तेलको भाउमा सप्ताहिक वृद्धि देखिएपछि भाउ नयाँ उचाईमा उक्लिएको हो ।  लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा फयूचर्सको भाउ शून्य दशलमव ८  प्रतिशतसम्म बढेको थियो । एशियाका लागि अप्रिल डेलिभरीको ब्रेन्टको भाउ पनि सिंगापुरमा बिहान १०ः१७ बजेतिर प्रतिब्यारेल शून्य दशमलव ३ प्रतिशतले बढेर ९३ डलर ५९ सेनटमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा मार्च डेलिभरीको वेष्ट टेक्सस इन्टरमिडियटको भाउ प्रतिब्यारेल ९२ डलर २८ सेन्ट कायम भएको छ ।  बजारमा कसिलो आपूर्ति र मुख्य भन्डारण केन्द्रहरुमा इन्भेन्टरिज घटिरहेको समाचारले पछिल्लो समय तेल बजारलाई टेवा  िदइरहेको छ । मुख्य तेल उत्पादक साउदी अरबले एशिया, यूरोप र अमेरिकाका ग्राहकका लागि मार्च डेलिभरीको कच्चा तेलको भाउ बढाएको छ । यसले तेलको माग उच्च रहनेमा साउदी विश्वस्त रहेको संकेत गरेको छ ।  पछिल्लो समय अमेरिका, जापान, भारत लगायत अधिकांश देशहरुमा पेट्रोलको खुद्रा मूल्य कतै कीर्तिमानी स्तरमा उक्लिएका छन् त कतै कयौं वर्षयता कहिले नदेखिएको स्तरमा । यसले पनि विश्वको तेल बजारको अवस्था छर्लङ् पार्दछ ।  तेलको माग बढेको छ भने आपूर्ति सीमित वा कम छ । यसले गर्दा प्रतिब्इारेल कच्चा तेल सय डलरमा पुग्ने सम्भावना बलियो बन्दै गएको छ । यसो भयो भने विश्वभर महँगी झनै बढ्नेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गर्ने आफ्नो योजना नरहेको भनेर स्पष्ट बताएको भएपनि  रुस र युक्रेनबीचका कारण उत्पन्न भूराजनीतिक तनावले पछिल्लो समय तेल बजारलाई टेवा दिइरहेको छ ।  इरानी तेल बजारमा पुनः आउने सम्भावना पनि खासै धेरै छैन । यसले पनि बजारले टेवा पाएको हो । ‘बजारमा पेट्रोलमा आधारित प्रडक्टको माग आकाशिएको छ । ओपेक र अमेरिकी शेलको आपूर्ति सीमित छ ।’ एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ  पार्टनर स्टेफन इनेस भन्छन् । इरानी तेल बजारमा पुनः आउन थालेपछि यसले तेलको भाउमा उल्लेख्य र दीर्घकालीन् असर पार्ने उनको भनाइ छ । यसो भएमा तेलको भाउमा पछिल्लो समय देखिरहेको वृद्धि पनि बन्द हुने जिकीर इनेसले गरेका छन् ।  गत हप्ता ओपेक र समूहबाहिरका मुख्य उत्पादकहरुले मार्चमा दैनिक उत्पादन ४ लाख ब्इारेलले बढाउने निर्णय गरेका थिए । तर वाचा गरेअनुरुप आपूर्ति बढाउन संगठनका सदस्य देशहरुलाई सकस भइरहेको छ । अमेरिकामा पनि तेलको आपूर्ति घटेको छ । टेक्ससमा अत्यधिक चिसोका कारण केही तेल उत्पादकहरुले उत्पादक बन्द गरेका छन् । एजेन्सी