काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय १३ जना कैदीको बाँकी कैद र सजाय मिनाहा गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा र १२ जनाको सजाय माफी दिएकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो ।त्यसैगरी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम