राष्ट्रपति बाइडेनबाट एकैदिनमा १५ सय जनाको कैद मिनाहा, ३९ जनालाई आममाफी

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस महामारीका क्रममा जेलबाट रिहा भई घरमै कैद सजाय भोगिरहेका करिब १,५०० जनाको सजाय माफ गर्ने र ३९ जना गैरहिंसात्मक अपराधमा दोषी ठहरिएका अमेरिकीहरूलाई पूर्ण रूपमा क्षमा दिने घोषणा गरेका छन्। यो आधुनिक इतिहासकै सबैभन्दा ठूलो एकदिने क्षमादान हो। बिहीबार घोषणा गरिएका सजाय माफी रिहा भएको कम्तीमा एक वर्ष घरमै कैद […]

सम्बन्धित सामग्री

रिगलकाे कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न आदेश

काठमाण्डाै – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिनुभएको थियो । सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको थियो ।रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमा...

रिगलको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय

२४ असोज, काठमाडौं । गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका हुन् […]

रिगलको कैद मिनाहा प्रकरणमा सर्वोच्चले माग्यो राष्ट्रपतिको निर्णय

१८ असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ३ असोजमा रिगलको कैद मिनाहाको सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको निर्णयसहितको सम्पूर्णू सक्कल असोज २४ गतेभित्र पेश गर्न आदेश दिएको छ । ‘प्रत्यर्थी रिगल […]

प्रजातन्त्र दिवसमा कैदी बन्दीको कैद मिनाहा

वीरगन्ज।  ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन् ।संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशका विभिन्न कारागारमा रहेका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी  हुन् । ती मध्ये वीरगन्ज कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार […]

५०१ कैदीको बाँकी कैद मिनाह, १२ जनाको सजाय माफी

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैद मिनाहा र सजाय माफी दिनुभएको हो ।

५ सय १ कैदीको बाँकी कैद मिनाहा, १२ जनाको सजाय माफी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय १३ जना कैदीको बाँकी कैद र सजाय मिनाहा गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा र १२ जनाको सजाय माफी दिएकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहित ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो ।त्यसैगरी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम

प्रजातन्त्र दिवसमा ५०१ कैदीको कैद मिनाहा र १२ जनाको सजाय माफी

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शनिवारदेखि लागू हुने गरेर उनीहरूको कैद मिनाहा गरेकी हुन् ।  त्यस्तै १२ जनाको सजाय माफी गरिएको छ ।

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवसका अवसरमा ४३० कैदीको सजाय मिनाहा

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३० कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन्। मन्त्रिपरिषदको जेठ १३ गतेको सिफारिसका आधारमा कैद मिनाहा गरिएको हो।  डिल्ली लंवा लिम्बु समेत ४३० को कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा ४ सय ३० जनाको कैद मिनाहा (विज्ञप्तीसहित)

काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले क्याविनेटको सिफारिशमा ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । जेठ १५ गते गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुको कैद कट्टा गरी माफी मिनाहा गरिएको हो । यो भोलिदेखि नै लागू हुनेछ । जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले कैद मिनाहा […]