कात्तिक १६ गते सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ ‘रिगल’ लाई सजाय माफी दिने राष्ट्रपतिको निर्णय बदर गरिसकेको छ । सर्वोच्चको यो फैसलासँगै रेशमको के हुने भन्ने चासो छ ।
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । साथै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसमा गरेको कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध भारती मानन्धरले दिएको […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्।...
१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् । रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा […]
दाङ- गणतन्त्र दिवसको अवसरमा ३१ जना कैदीबन्दीकाे कैद मिनाहा भएको छ। घोराही कारागारबाट ९ जना र तुलसीपुर कारागारबाट २२ जना कैदीको कैद मिनाहा भएको हो। तुलसीपुर कारागारमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ८ जना रहेका रहेका छन्। ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ […]
काठमाडौं : सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने निर्णय उल्ट्याएको छ। अदालतले आफ्नै निर्णय उल्ट्याएपछि पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कोइरालाको कैद मिनाहाको निर्णय उल्टाएको हो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो।काठमाडौं जिल्ला अदालतले पूर्
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शनिवारदेखि लागू हुने गरेर उनीहरूको कैद मिनाहा गरेकी हुन् ।
त्यस्तै १२ जनाको सजाय माफी गरिएको छ ।
मनाङ- विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो । कर्तव्य ज्यान मुद्दाका पाँच जनाको […]