जापानमा १६ लाख मोडर्नाको खोप दूषित

जापानमा १६ लाख ३० हजार डोज मोडर्नाको खोप खेर गएको छ । मोडर्नाको खोपको भाइल दूषित भएको पाइएपछि करिब १६ लाख ३० हजार खोप उपयोगमा नल्याइने भएको जनाइएको छ । औषधी निर्माता टाकेडा र स्वास्थ्य मन्त्रालयले मोर्डनाको प्रयोगमा नल्याइएको भाइलमा दूषित पदार्थ पाइएको जनाएको छ । मोर्डनाको खोपको बजारको जिम्मेवारी पाएको टाकेडाले एक वक्तब्य जारी गरी लेखेको छ, “नखुलेको खोपको भाइलमा दूषित पदार्थ पाइएको खोप केन्द्रबाट जानकारी आएको छ र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा उक्त खोप नलगाउने निर्णयमा पुगेका छौं ।”

सम्बन्धित सामग्री

यो हो संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख रुपैयाँ !

२२ कात्तिक, काठमाडौं । संसारमा अनेक खालका फलफूल पाइन्छन् जसको मूल्य पनि थरीथरी हुन्छ । जापानमा पाइने एउटा खरबुजा चाहीँ संसारकै सबैभन्दा महंगो फलको रुपमा रहेको छ । जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा सायद संसारकै सबैभन्दा महंगो फल हो । यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै […]

मोडेर्नाको १६ लाख ३० हजार मात्रा खोपको प्रयोग रोकियो

भदौ १०, टोकियो । जापानले अमेरिकी फर्मा कम्पनी मोडेर्नाको कोभिड–१९ विरोधी खोपको १६ लाख ३० हजार मात्राको प्रयोगमा रोक लगाएको छ ।  घरेलु स्तरका केही बृहत् खोप केन्द्रहरुमा खोपको प्रयोग नभएका भाइलहरुमा बाह्य वस्तु भेटिएको भन्ने खबर आएको एक हप्ताभन्दा बढी समय बितिसकेपछि सो निर्णय गरिएको हो । सावधानी अपनाउन सोही प्रडक्शन लाइनमा उत्पादन गरिएका करीब १६ लाख ३० हजार मात्रा खोपको प्रयोग अहिलेको लागि आफूले स्थगित गरेको जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएका जापानी औषधि निर्माता कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले बताएको हो ।  पछिल्लो समस्याका कारण सुरक्षा समस्या देखिन्छ कि देखिदैंन भनेर हेर्न भने बाँकी नै रहेको मन्त्रालय र कम्पनीले बताएका छन् । मन्त्रालयका अनुसार मोडेर्नाले यस मामिलामा अनुसन्धान गर्ने वाचा गरेको छ ।  ताकेदाले मोडेर्नालाई पनि आकस्मिक अनुसन्धानको लागि अनुरोध  गरेको छ । असामान्य देखिएका खोपको कुनै पनि मात्रा प्रयोग नगर्न ताकेदाले स्वास्थ्य संस्था तथा अन्य निकायहरुलाई अनुरोध गरेको छ ।यस घटनाले देशमा कोरोना भाइरस विरोधी खोपको उपलब्धतामा पर्ने प्रभाव रोक्न प्रयास गरिने ताकेदाले बताएको छ । आईची, गिफु, इबाराकी, साइतामा र टोकियोमा खोपका ३९ भाइलमा बाह्य वस्तु पुष्टि भएका थिए । यी खोप स्पेनको कारखानामा उत्पादन गरिएको र सोही कारखानामा सोही समयमा १६ लाख ३० हजार मात्रा उत्पादन गरिएको र यी खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटमा पर्ने पनि बताइएको छ । सो लटका खोपहरु देशभरका करीब ८६३ खोप केन्द्रमा वितरण गरिएको छ । मन्त्रालयले हरेक केन्द्रलाई यिनीहरुको प्रयोग नगर्न अनुरोध गरेको छ । सम्बन्धित व्यक्तिहरुले प्रभवित खोप हो कि होइन भनेर जाँच्न सकुन् भनेर मन्त्रालयले लट नम्बर सार्वजनिक गरेको हो । जापानले मे महीनामा अनुमति दिएयता मोडेर्नाका १ करोड मात्राभन्दा धेरै खोप प्रयोग गरिसकेको छ । सरकारले कम्पनीसँग ५ करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । हाल १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई मोडेर्नाको खोप लगाइरहेको छ । एजेन्सी

जापानमा बनेको एस्ट्राजेनेकाको १६ लाख मात्रा छिट्टै नेपाल आइपुग्ने

काठमाडौं, (नेस) । नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोभ्याक्स सुविधाअन्तर्गत जापानमा बनेको कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाको १६ लाख मात्रा छिट्टै नेपाल आइपुग्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्ने क्रममा राजदूत किकुताले यस्तो जानकारी दिनुभएको हो । भेटमा उहाँले राज्यमन्त्री श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएकोमा बधाई दिँदै नेपाल […]

जापानबाट १६ लाख डोज खोप शनिबार र आइतबार आउँदै

जापान सरकारले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज जापानमा निर्मित एस्ट्राजेनेका खोप शनिबार र आइतबार आइपुग्ने भएको छ । जापानी राजदूतावासले बुधबार साँझ विज्ञप्ति जारी गरी खोप बिहीबार...

जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई, थप खोप दिने प्रतिवद्धता

साथै जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा प्रधानमन्त्री देउवाले  धन्यवाद दिए। जापानले दिन लागेको उक्त खोप केही दिनमै नेपालमा आउनेछ।

१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा

काठमाडौं, (नेस) ।  जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा […]

नेपाललाई १६ लाख खोप दिने जापानको घोषणा

काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

नेपाललाई १६ लाख खोप दिने जापानको घोषणा

काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

गुल्मेली समाज जापानद्वारा स्वास्थ्य सामग्री प्रदान

गुल्मी : जापानमा रहेका गुल्मेलीहरुले बिहान साँझको गाँस काटेर जिल्लामा  करिब १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छन्।कोरोना माहामारीको समयमा जिल्लामा स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर जापानमा रहेका गुल्मीबासीहरुले रकम संकलन गरी जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेको गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारीले जानकारी दिए।करिब १६ लाख रुपैयाँ गुल्मेलीद्वारा जापानमा सहयोग संकलन भएको बताउँदै भण्डारीले पहिलो चरणमा १२ लाखबराबरको स्वास्थ्य सामग्री जिल्लामा पठाइएको र दोस्रो चरण पुनः