यो हो संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख रुपैयाँ !

२२ कात्तिक, काठमाडौं । संसारमा अनेक खालका फलफूल पाइन्छन् जसको मूल्य पनि थरीथरी हुन्छ । जापानमा पाइने एउटा खरबुजा चाहीँ संसारकै सबैभन्दा महंगो फलको रुपमा रहेको छ । जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा सायद संसारकै सबैभन्दा महंगो फल हो । यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै […]

सम्बन्धित सामग्री

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

५ साउन, तनहुँ ‍। जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ …

म्याग्दीमा २० करोडको सुन्तला विक्री

म्याग्दी। म्याग्दीबाट चालू आर्थिक वर्ष २०८०/८१ मा करीब २० करोड रुपैयाँको सुन्तला निकासी भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा ७५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेको भए पनि ४०० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइएको छ । यस वर्ष तीन हजार ६०० मेट्रिक टन सुन्तला फलेको र न्यूनतम मूल्य प्रतिकिलो ५५ रुपैयाँका दरले विक्री गर्दा पनि कृषकले १९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको ज्ञान केन्द्रको अनुमान छ । ‘सरदर प्रतिकिलो रु ५५ का दरले विक्री गर्दा पनि रु १९ करोड ८० लाख भन्दा बढी आम्दानी भएको देखिन्छ’ केन्द्रका प्रमुख सञ्जीव वास्तोलाले भने, ‘प्रतिकिलो ६०/६५ रुपैयाँसम्ममा पनि कृषकहरुले विक्री गर्नुभएको छ, यस हिसाबले २० करोड रुपैयाँ भन्दाबढी मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं ।’ अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । यहाँ उत्पादन भएका सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौं, चितवन, मुग्लिन लगायतका बजारमा निकासी हुँदै आएको छ । जिल्लाको भकिम्ली,राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले यस पटक प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भई १३ करोडको कारोबार भएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा करीब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन भई १९ करोड रुपैयाँ भन्दाबढी आम्दानी भएको थियो । यस वर्ष मंसिरको अन्तिम सातादेखि सुन्तला टिप्न शुरू भएको थियो ।

पब्जीमा नेपाली टोलीले जिते ८५ लाख रुपैयाँ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित मोबाइल गेम पब्जी (प्लेयर्स ब्याटल अन्डरग्राउन्ड) को दक्षिण एसियाली च्याम्पियनसिप पीएमपीएल साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टोलीहरुले कुल ८५ लाख नेपाली रुपैयाँभन्दा बढी पुरस्कार रकम जितेका छन् । उपाधि दावेदारको रुपमा हेरिएको नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) गेमिङ अन्तिम समयमा चुक्न पुग्दा दोस्रो स्थानमा […]

नेपाली पब्जी टिम डीआरएसले ३६ लाख जित्यो, स्काइलाइट तृतिय

काठमाडौँ। पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपालको डीआरएस गेमिङ टिमले उप–विजेता हुँदै २८ हजार अमेरिकी डलर (करिब ३६ लाख रुपैयाँ) जितेको छ। फाईनलमा मंगोलियाको गडलाइट स्टलवार्टसँग पराजित भएपछि नेपाली टिम उपविजेता भएको हो।

एउटै वडाबाट चार करोडको सुन्तला बिक्री

तनहुँ – शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ। कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ। महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन्। महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला र्पुयाएर विक्री गरेका हुन्। ‘यसपालि […]

सुन्तला विक्री गर्न व्यस्त धनकुटाका कृषक, वार्षिक २५ लाखसम्मको कारोबार

पुस २८, धनकुटा । धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, पाख्रिवास नगरपालिका र चौविसे गाउँपालिका अहिले सुन्तलाले पहेंलै भएको छ ।  बोटरभरी लटरम्म सुन्तला फलेका छन् । व्यापारी गाडी लिएर बगानमै पुग्ने भएकाले किसानलाई सुन्तला टिपेर विक्री गर्न भ्याइनभ्याइ छ ।  यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  धनकुटा नगरपालिका ३ सिप्तिङ्गको कृषक जलन राईका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तिमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला विक्री गर्छन् ।  यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभुमिको सुन्तला पर्ने गरेको छ ।  धनकुटा नगरपालिका ३ का कृषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला विक्री गर्ने तरखरमा छन् । २२ वर्षिय राई केहि वर्ष यता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै आएका छन् ।  करीब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गदै आएको छ । आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरु विदेशिने क्रम बढीरहँदा पनि उनी भने सुन्तला खेतीमै रमाइरहेका छन । कृषि पेशा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ । धनकुटा नगरपालिका ३ मा रहेका ५०५ घर परिवारमध्ये करीब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर विक्री गर्न व्यस्त हुन्छन । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राखिन्छ र क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ । रोगकिरा र बिचौलियाको समस्या सुन्तला टिपेर विक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा वर्षेनी समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउन त कहिले रोगकीराले बगान नै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेका हुन् ।  रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ ।  कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा करीब ६०० हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेक्ट्रिकटनभन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । तर, धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘५/६ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन,’ सहिदभुमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।  गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यसवर्ष १० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए ।  सुन्तलाकै नामले परिचित सहिदभुमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरु बताउँछन् । बोट नै सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ ।  कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादन सम्बन्धी तथ्यांक संकलन भइनसकेको जानकारी दिएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको बताइन् ।

शीतोष्ण फलफूल रूटस्टक विकास केन्द्रद्वारा २१ लाख राजस्व संकलन

दोलखा । दोलखाको बोचस्थित शीतोष्ण फलफूल रूटस्टक विकास केन्द्रले गत आथिक वर्षमा २१ लाख ६१ हजार ९५१ रुपैयाँ राजस्व संकलन गरेको छ । किवी लगायत विभिन्न फलफूलका बिरुवा, फलफूल र तरकारी विक्रीबाट केन्द्र उक्त परिमाणमा राजस्व संकलन गर्न सफल भएको हो । केन्द्रले आफूले उत्पादन गरेका किवी फल, किवीका बिरुवा, फार्ममा उत्पादित आलु तथा अन्य प्रशासनिक दस्तुर लगायतबाट गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजस्व संकलन गरेको केन्द्रका प्रमुख प्रदीपचन्द्र नेपालले बताए । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले १८ लाख ९५ हजार ७३९ रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ । चालू आवमा केन्द्रले २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । संकलित राजस्वमध्ये किवी फलका बिरुवा विक्रीबाट सबैभन्दा बढी १६ लाख ९० हजार, केन्द्रभित्र लगाइएको आलु विक्रीबाट ३ लाख, किवी फल विक्रीबाट १ लाख १५ हजार र प्रशासनिक सेवा दस्तुर तथा अन्य शीर्षकबाट ५६ हजार ९०५ रुपैयाँ राजस्व संकलन भएको केन्द्रका लेखा प्रमुख छत्र कटुवाल क्षेत्रीले बताए । केन्द्रले हेवार्ड, एलिस, मन्टी तथा ब्रुण जातका किवीका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको छ । यस्तै केन्द्रको जग्गामा आलु, मुला, प्याज लगायत तरकारी पनि उत्पादन गरी विक्री वितरण हुने गरेको छ । समुद्री सतहबाट २१ सय मिटर उच्चाइमा अवस्थित भीमेश्वर नगरपालिका–८ मा रहेको केन्द्र २०३२ सालमा स्वीस सरकारको आईएचडीपी परियोजनाले स्थापना गरी २०४५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । केन्द्र १६ दशमलव ५ हेक्टरमा फैलिएको छ । व्यवस्थित कम्पाउन्ड नहुँदा समय समयमा किवी फल चोरी हुने समस्या रहेको केन्द्रले बताएको छ ।

शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रद्वारा २१ लाख ६१ हजार राजस्व संकलन

पुस ४, दोलखा । शितोष्ण फलफूल रूटस्टक विकास केन्द्र, बोचले गत आथिक वर्षमा २१ लाख ६१ हजार ९५१ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।  केन्द्रले किवी लगायत विभिन्न फलफूलका विरुवा, फल तथा तरकारी विक्रीबाट उक्त राजस्व संकलन गर्न सफल भएको हो । केन्द्रले आफूले उत्पादन गरेका किवी फल, किवीका विरुवा, फर्ममा उत्पादित आलु तथा अन्य प्रशासनिक दस्तुर लगायतबाट आर्थिक वर्ष २०७७/७८ मा उक्त रकम राजस्व संकलन गर्न सफल भएको शितोष्ण रुटस्टक विकास केन्द्र केन्द्रका प्रमुख प्रदिप चन्द्र नेपालले अभियान दैनिकलाई बताए ।  आर्थिक वर्ष  २०७६/ ७७ मा केन्द्रले कुल १८ लाख ९५ हजार ७३९ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको तथ्यांक छ । चालू आवमा केन्द्रले करीब २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । संकलित राजस्व मध्ये सबैभन्दा बढी किवी फलका विरुवा विक्रीबाट १६ लाख ९० हजार ४६ रुपैयाँ, केन्द्र भित्र लगाईएको आलु विक्रीबाट ३ लाख, किवी फल विक्रीबाट १ लाख १५ हजार तथा प्रशासनीक सेवा दस्तुर तथा अन्यबाट ५६ हजार ९०५ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको केन्द्रका लेखा प्रमुख छत्र कटुवाल क्षेत्रीले बताए । केन्द्रले हेवार्ड, एलिस, मन्टी तथा ब्रुण जातका किवीका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको छ । यस्तै केन्द्रको जग्गामा आलु, मुला, प्याज लगायत तरकारी पनि उत्पादन गरी विक्री वितरण हुने गरेको छ ।   समुद्री सतहबाट २ हजार १०० मिटर उच्चाइमा अवस्थित भीमेश्वर नगरपालिका–८ मा रहेको केन्द्र २०३२ सालमा स्वीस सरकारको आईएचडीपी परियोजनाले स्थापना गरी २०४५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । केन्द्र १६ दशमलव ५ हेक्टरमा फैलिएको छ । व्यवस्थित कम्पाउन्ड नहुँदा समय समयमा किवी फलहराउने समस्या रहेको केन्द्रको गुनासो छ ।

चितवनका किसान ड्रागन फ्रुट खेतीमा आकर्षित

चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । साना किसानदेखि जिल्लाका अन्य क्षेत्रका व्यवसायीले पनि ड्रागन फ्रुट खेती गर्न थालेका छन् । विगत ३ वर्षयता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन फ्रुटको खेती विस्तारका लागि काम शुरू गरेको बताए । उनका अनुसार सामूहिक रूपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको छ भने व्यक्तिगत साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनि ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले जानकारी दिए । शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सवेदा साइन्स एण्ड एग्रिकल्चर फार्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पु्रmट पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरू गरिएको सुवेदीले बताए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको सुवेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म रहेको बताइएको छ । यस्तै, भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरुङ र ताइबहादुर गुरुङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फार्म खोलेर एक बिघाभन्दा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्किएका उनीहरूले यसमा राम्रो सम्भावना देखेकाले खेती थालेका हुन् । साथै भरतपुर महानगर–२१ पार्वतीपुरका किसान नारायणप्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेका छन् । खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटबीच अन्तरबाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको उनले सोतीले बताए । चितवनमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले आफूहरू यस खेतीमा आकर्षित भएको किसानहरूको भनाइ छ । चितवनमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणकै भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।

चितवनका किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण

भदौ २८, चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ ।  साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् ।  विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए ।  उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए ।  शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ ।  यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ । यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए ।  खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ ।  ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन्  ।  यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।