अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रवक्ता जिया दुरानीले बताएका छन् । आतंककारीले बिहीबार बिहानको व्यस्त समयमा…