पाकिस्तानमा तहरीके तालिबानले गर्‍यो आत्मघाती आक्रमण, ३ जनाको मृत्यु

पाकिस्तानमा सक्रिय आतंकवादी संस्था तहरीके तालिबानका एक आत्मघाती आक्रमणकारीले आइतवार बलोचिस्तान प्रान्तमा विस्फोट गराउँदा तीनजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।  घटनामा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।  क्वेट्टामा रहेको मास्तुङ सडकस्थित फ्रन्टियर कोर्प्स चेकपोस्टलाई आक्रमणले तारो बनाउन खोजेको क्वेट्टा प्रहरीका डीआईजी अजहर अक्रमले बताए ।  घाइते हुनेमध्ये १८ जना सुरक्षाकर्मी र दुईजना सर्वसाधारण भएको पनि उनले जानकारी दिए । हताहतीको संख्या बढ्न सक्ने उनको भनाइ छ ।  बलोचिस्तानको प्रतिआतंकवाद ...