अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक शिया मस्जिदमा विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ।शुक्रवार दिउँसो बिबी फातिमा मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा ७० जना घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्। यो यस सहरको शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो। त्यहाँ मानिसहरूको घुइँचो थियो।प्रत्यक्षदर्शीका अनुसार तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको थिए। एक जनाले मस्जिदको गेट र दुई जनाले भित्र विष्फोट गराएका थिए।घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसा फुटेका र शवहरु भुइँमा छरिएको देख