आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ । आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो । सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंक