भारत, बेलायत र अमेरिकामा राजदूत सिरफारिस

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना राजदूत सिफारिस गरेको छ। भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्न सिफारिस गरेको हो।...

सम्बन्धित सामग्री

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ? (सूचीसहित)

१६ साउन, काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम …

कांग्रेस-एमालेबीच राजदूतमा भागबण्डा, कहाँ कसलाई ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्। सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्। भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट […]

सरकारद्वारा आठ देशका लागि राजदूत सिफारिश - Nepal Japan

सरकारले भारत, अमेरिका, बेलायत लगायत आठ देशमा रिक्त राजदूतहरुको सिफारिस गरेको छ । मन्त्रिपरिषद्‌को शु

सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलायो

सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली …

सुनुवाइ समितिमा सांसदको भूमिका फितलो

संवैधानिक रूपमा संसद्को सबैभन्दा बलियो सुनुवाइ समितिको भूमिका पछिल्लो समय ‘कर्मकाण्डी’ बन्न पुगेको छ । यसको पछिल्लो उदाहरण हो– सरकारद्वारा सिफारिस तीन राजदूत (बेलायत, अमेरिका र भारत) को संसदीय सुनुवाइका दौरान देखिएका गतिविधि ।

शर्मा भारत, आचार्य बेलायत र खत्री अमेरिकाका लागि राजदूतमा सिफारिस

काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्त...

नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण

भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ । पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् । उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’ उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’ श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् । ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’ श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् । नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ ...