ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्त...