नेपालमा अमेरिकी र चिनियाँ स्वार्थ बाझिएका कारण अहिलेको संकट : श्याम शरण

भारतका पूर्व विदेश सचिव एवम् नेपालका लागि पूर्व राजदूत श्याम शरणले नेपालमा अमेरिकी र चिनियाँ प्रतिष्पर्धाका कारण अहिलेको संकट उत्पन्न भएको दाबी गरेका छन् । अमेरिका र चिनियाँ प्रतिष्पर्धामा भारत सिमान्त बनेको पनि उनको भनाई छ । पूर्व राजदूत शरणले दि ट्रिबुनमा एउटा लेख लेख्दै प्रधानमन्त्री ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको पक्षमा रहेको र प्रचण्डलगायत नेताहरु त्यसको विपक्षमा रहेका कारण संसद विघटन गरिएको र नेकपा फुटेको बताएका छन् । उनले लेखेका छन्, ‘यो संकटमा अमेरिकाको भूमिका हुन सक्छ किनकि उसको महत्वाकांक्षी पाँच सय मिलियन डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पहल प्रचण्ड र एनसीपीका अन्य नेताहरूले विरोध गरिरहेका थिए यद्यपि ओलीले उनको स्वीकृति दिएका थिए । भनिन्छ कि यसको विपक्षीहरूले चीनको तर्फबाट काम गरिरहेका थिए । त्यो अवस्थामा, भारत एक साइड शो हुने खतरामा छ जुन नेपालमा अमेरिका–चीन पावर प्लेको रूपमा देखा पर्न सक्छ ।’ उनले नेपालमा अमेरिका वा बेलायत जुनसुकै देशसँग काम गरेपनि भारतले नेतृत्व गरिरहेको बताएका छन् । शररण अगाडि लेख्छन्, ‘यदि भारतले चीनले अमेरिकी एजेन्डाका अनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने भारतसँगको यसको दुस्मनी बढ्दो हुनेछ । यदि नेतृत्व लिने अमेरिका नै हो भने नेपालमा भारतीय र अमेरिकी हितको संयोजन हुँदैन । विगतमा हामीले अमेरिका र बेलायतका साथ नेपालमा साझेदारका रूपमा काम गरेका छौं तर भारतको नेतृत्वमा । नेपालमा भारतीय प्रभाव कायम राख्नको सट्टा हामी सीमान्तकृत हुनेछौं ।’ श्याम शरणले नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतले भूमिका खेल्ने पनि बताएका छन् । ‘भारतले नेपालमा चीनको चुनौती सामना गर्नुपर्दछ’ उनले लेखेका छन्, ‘नेपालको आर्थिक र सामाजिक विकासको लागि भारतलाई छनौटको साझेदारको रूपमा राखेर भारतले आफ्नो पर्याप्त उपस्थिति कायम राख्न सक्छ । ठूलो शक्ति मुठभेडमा फस्ने नेपाल भारतको हितमा छैन ।’ श्याम शरणले भारतले नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुर्स्थापनाको पहल गरिरहरको पनि खुलासा गरेका छन् । नेकपाको हालै भएको विभाजन रोक्न चिनियाँ पक्षको दौडधुप चलिरहेको पनि शरणको दाबी छ । उहले चिनियाँ ...

सम्बन्धित सामग्री

छिमेक पहिलो नीतिलाई तल्लो तहसम्म लैजान आवश्यक छ: श्याम शरण

भारतका पूर्वपरराष्ट्र सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरणले भारतले छिमेक पहिलो नीतिलाई तल्लो तहसम्म लैजान आवश्यक रहेको बताएका छन् । उनले भारतले छिमेक पहिलो नीति ल्याए पनि त्यसलाई तल्लो तहसम्म पुर्‍याउन नसकेको उल्लेख गरे ।

भारतका पहिलो मतदाता नेगीको १०५ वर्षको उमेरमा निधन

नयाँ दिल्ली । 'भारतको पहिलो मतदाता'को नामले चिनिने श्याम शरण नेगीको १०५ वर्षको उमेरमा निधन भएको छ । बेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेर भारतले पहिलो आमनिर्वाचनको आयोजना गर्दा उनी मतदान गर्ने पहिलो व्यक्ति भएको बताइन्छ ।  त्यसयता नेगीले प्रत्येक चुनावमा नियमित रूपमा मतदान गर्दै आएका थिए । उमेरले १०० नाघेका नेगीले मृत्युवरण गर्नु...

'भारतको पहिलो मतदाता' श्याम शरण नेगीको १०५ वर्षको उमेरमा निधन - BBC News नेपाली

श्याम शरण नेगीको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि हुने सरकारी अधिकारीहरूले बताएका छन्।

विपद्‍बाट जोगिन  प्रतिकाय सिमुलेशन “अभ्यास मनसुन–२“ संचालन

सुर्खेत – वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ। विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले जानकारी दिए। भेरी नगरपालिका– […]

विपद्‍बाट जोगिन प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन-२“ संचालन

सुर्खेत- वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ । विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले जानकारी दिए । भेरी नगरपालिका– […]

सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

जाजरकोट : नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ। स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो। श्री नं. ४ बाहिनी अड्डा अन्तर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिए।परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहुको ऋणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको

नेकपालाई जोड्न चीनले रेफ्रीको भूमिका खेलिरहेको छ : श्याम शरण

नेपालका लागि भारतका पूर्वराजदूत श्याम शरणले दुई चिरा भएको नेकपालाई जोड्न चीनले ‘रेफ्री’ को भूमिका खेलेको बताएका छन् । भारतीय अखबार द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा पूर्वविदेश सचिवसमेत रहेका शरणले नेकपाभित्रको विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेफ्रीको भूमिका निर्वाह गरेको बताएका हुन् । उनले यान्छीलाई ‘चाइनिज एक्टिभिस्ट एम्ब्यासडर’ को संज्ञा पनि दिएका छन् ।

श्याम शरण भन्छन्ः नेपालमा ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ

एजेन्सी । नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी भइरहेको बताएका छन् । नेपालबारे टिप्पणी गर्दै पूर्वसचिव समेत रहेका श्याम शरणले ओलीलाई हटाएर स्वच्छ छवी भएका व्यक्तिलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने तयारी भइरहेको प्रतिक्रिया दिएका हुन् ।