गोरेकै सूचनामा सुन समात्थ्यो प्रहरी !

२५ वैशाख, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त हुन्, चुडामणि उप्रेती ‘गोरे’ । उनकै योजनामा पछिल्लो चार वर्षमा दजनाैं पटक सुन तस्करी भएको सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष छ । तर, प्रहरीले बेलाबेला बरामद गर्ने सुनको सुराकी उनै गोरे भएको पाइएको छ । सुन तस्करीको अभियोगमा पक्राउ परेका प्रहरीले …

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणः नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

काठमाडौं, ३ चैत । सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोट जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीबारे छानविन गर्न गठित समितिले थापालाई कारबाहीका लागि सिफारिस गरेको थियो । समितिले कारबाहीका लागि सिफारिस गरेपछि उनलाई नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको हो । थापामाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ डिल गरेको […]

सुन लुट्न प्रहरी हवल्दारको पोशाकमा पेस्तोलसहित पुगेपछि...

प्रहरी पोशाका ठाँटिएका तिनै युवाले सुनको काम गरिरहेका युवालाई भने, ‘तपाइँको पसलमा रहेका सुनका गहनाका बिलहरू छैनन् भन्ने सूचना छ । हामी हनुमानढोका प्रहरी कार्यालयबाट आएका प्रहरी हौँ । यो सुन हामी लिएर जान्छौँ बिल छ ?  पछि कार्यालयमा आउनु होला ।’

बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका साह प्रहरी नियन्त्रणमा

महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई  पक्राउ गरेको हो ।सम्सी हुँदै गौशालातर्फ पैदल आउदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानक

लागू औषधको निगरानी गर्न एयरपोर्ट खटाइएका प्रहरी नै सुन तस्करको सहयोगी !

काठमाडौं : विमानस्थल हुँदै भित्र्याइने सुन तस्करीको जालोमा प्रहरीको संलग्नता देखिएपछि एक प्रहरी पक्राउ परेका छन्। गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीका प्रहरी जवान पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण व्यूरोमा दरबन्दी भई त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई नियन्त्रणमा लिइएको हो। करिब दुई महिना अघिदेखि उनी विमानस्थलमा लागूऔषध कारोबारको…

सुन तस्करलाई सघाउने विमानस्थलका प्रहरी पक्राउ

गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ल्याएको ५० ग्राम सुन भन्सार छल्न सघाएको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसीले ५० ग्राम सुन भन्सार छल्न सघाएका थिए …

सुन तस्करलाई सघाएको आरोपमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए । अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ ।विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रश

प्रहरी टोलीमाथि बरामद सुन र पैसा अनियमितता गरेको आरोप

जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागुनमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैस