काठमाडौँ : सोमबार विहान ९:२५ बजेको समयमा दुबईबाट हिमालयन एयरलाइन्सद्वारा काभ्रेका बाबुलाल दोङ नेपाल आएका थिए। उनी काठमाडौँ झर्ने वित्तीकै प्रहरीमा सुन तस्करी भएको सूचना आयो। प्रहरी टोली ११ बजे पुग्दा उनी विमानस्थलको सडक पेटीमा डुलिरहेका थिए। शंका लागेपछि प्रहरीले समात्यो।भन्सार छलेर अबैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सुचनाका आधारमा तस्कर खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल पुगेको थियो। टोलीका एक सदस्यले भने, 'हामी पुग्दा उनी सडक बाहिर हिँड्दै गर