सुन तस्करलाई सघाउने विमानस्थलका प्रहरी पक्राउ

गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ल्याएको ५० ग्राम सुन भन्सार छल्न सघाएको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसीले ५० ग्राम सुन भन्सार छल्न सघाएका थिए …

सम्बन्धित सामग्री

सुन कारोबारी भन्दै केरकार र लुटपाट गरेको आरोपमा दुई नक्कली प्रहरी पक्राउ

काठमाडौं । सुन कारोबारी भन्दै केरकार गरेर लुटपाट गरेको आरोपमा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको तिमालका सन्देश तामाङ र रोशीका हिरालाल तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले काठमाडौंको गोकर्णमा चिया खाएर बसिरहेका एक व्यक्तिलाई सुन कारोबारी भन्दै आफुहरुलाई प्रहरी बताएर केरकार गरेका थिए । उनीहरुले […]

लागू औषधको निगरानी गर्न एयरपोर्ट खटाइएका प्रहरी नै सुन तस्करको सहयोगी !

काठमाडौं : विमानस्थल हुँदै भित्र्याइने सुन तस्करीको जालोमा प्रहरीको संलग्नता देखिएपछि एक प्रहरी पक्राउ परेका छन्। गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीका प्रहरी जवान पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण व्यूरोमा दरबन्दी भई त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरी जवान राजेन्द्र केसीलाई नियन्त्रणमा लिइएको हो। करिब दुई महिना अघिदेखि उनी विमानस्थलमा लागूऔषध कारोबारको…

'बल्ने ढुंगा' छ भन्दै ५० लाख लुट्ने गिरोहका ६ पक्राउ

विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो।

गोंगबुबाट सुन लुट्ने २ जना समातिए, लुटिएको सुन नक्कली !

१८ जेठ, काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रबाट एक किलो सुन लुटपाटमा संलग्न २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग–९ का २९ वर्षीय सोनाम भन्ने नेमजुङ्ग तामाङ्ग, सिन्धुलीको कमलामाई–३ का ३४ वर्षीय ओमनाथ देवकोटा र धादिङ्गको रुवी भ्याली–४ का ४३ वर्षीय देव भन्ने कोतबहादुर तामाङ्ग छन् । यसअघि उनीहरुको समूहले …

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

२० वैशाख, काठमाडौं । सनम शाक्य र हराएको भनिएको तस्करीको साढे ३३ किलो सुनबाट सुरु भएको अनुसन्धानले चुडामणि उप्रेती 'गोरे' समूहको पर्दाफास भएको छ । तस्करीमा सघाएको आरोपमा ८ जना प्रहरी पक्राउ परिसकेका छन् । एक जना एसएसपी अझै फरार छन् । तर, यो सबैको चुरो साढे ३३ किलो सुन अझै …