पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो ।  त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको त्रिभुवन विमानस्थलका प्रहरी सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।  अहिले त्यहाँ रहेका यात्रुहरूलाई अर्को विमानमार्फत गन्तव्यस्थलतर्फ पठाउने तयारी भइरहेको छ । कति यात्रु थिए भन्ने खुलेको छैन ।  सो विमानलाई अहिले मर्मतका लागि ह्यांगिङ एरियामा लगिएको छ । 

सम्बन्धित सामग्री

८० यात्रु बोकेको विमान चिप्लिएपछि...

काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।  जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसतिर गएको  त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। जहाज धावनमार्गबाट बहिर भएकोले उडान भने सञ्चालन भइरहेको छ।  करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ। यद्यपि जहाजमा कुनै क्षति नपुगेको र पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको विमानस्थल स्रोतले जनाएको छ।

पिच एरियाबाट चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान पिच एरियाबाट चिप्लिएको छ ।  त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपालगञ्ज जान लागेको जहाज पिच एरियाबाट घाँसतर्फ गएको हो । ‘पार्किङबाट रनवेतर्फ जाँदै गरेको थियो, पिचबाट चिप्लिएको हो,’ उनले भने, ‘सामान्य समस्या हो, अन्य उडानहरू पनि सुचारु नै छन् ।’ यसअघि ११ असोजमा विराटनगर उडेको बुद्ध एयरको विमानमा ल्याण्डिङ गियरको इन्डिकेटरमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।

टर्कीकाे धावन मार्गमा विमान टुक्रियो, ३ जनाको मृत्यु

टर्कीको राजधानी इस्तानबुलको एक विमानस्थलमा बुधबार अवतरण गर्ने क्रममा यात्रुवाहक विमान धावनमार्गमा चिप्लिएर

समुन्द्रमा खस्यो विमान

दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ । रनबेमा ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । समुन्द्रमा विमान खसेपछि विमानभित्र रहेका ४७ जना यात्रु र चालक दलका सदस्यहरुको डुंगाका माध्यमबाट उद्धार गरिएको छ । अहिले विमान मात्रै समुन्द्रमा डुबे...

एक सय ६८ यात्रु बोकेको विमान चिप्लिएर समुन्द्रमा पुगेपछि...

टर्की । टर्कीमा एक विमान रनवेबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । पेगासस एयरलाइन्सको बोइङ्ग ७३७–८०० मा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट...