८० यात्रु बोकेको विमान चिप्लिएपछि...

काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ।  जहाज ट्याक्सीवेबाट चिप्लिएर घाँसतिर गएको  त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। जहाज धावनमार्गबाट बहिर भएकोले उडान भने सञ्चालन भइरहेको छ।  करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ। यद्यपि जहाजमा कुनै क्षति नपुगेको र पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको विमानस्थल स्रोतले जनाएको छ। 

सम्बन्धित सामग्री

यात्रुवाहक विमान ठोक्किदा १४ यात्रु र तीन चालक दलका सदस्य घाइते

भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्। बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ। १८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। एकापसमा […]

आँधीमा फँस्यो स्पाइसजेटको विमान, ४० यात्रु घाइते

आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका

चीनमा १३२ यात्रु सवार विमान दुर्घटना

एजेन्सी : चीनमा १३२ यात्रु बोकेको चाइना इस्टर्नको बोइङ ७३७ विमान दुर्घटना भएको छ।गुआङ्सी झुवाङ स्वायत्त क्षेत्रको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको र आगोको मुस्लो देखिएको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ। विमानमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार छन्। कुन्मिङबाट ग्वान्झाउको लागी उडान भरेको उडान नम्बर एमयु ५७३५ विमानले अवतरण अघि गति गुमाएको प्रारम्भिक रिपोर्ट देखिएको समाचारमा उल्लेख छ।दक्षिण-पश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १ बजेर १५ मिनेटमा उडेको विमान

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

बेइजिङ । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो । चाइना सेन्ट्रेल टेलिभिजनका अनुसार १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ । सो विमान स्थानीय समयअनुसार १ […] The post चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनमा १३२ यात्रु चढेको विमान पहाडमा दुर्घटना

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको सीसीटीभीले जनाएको छ । सिन्ह्वाले पहाडमा दुर्घटनापछि आगो लागेको खुलाएको छ । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान बीचैमा दुर्घटनामा परेको हो । उद्धार टोली दुर्घटनास्थल […]

चीनमा यात्रुवाहक विमान दुर्घटना, विमानमा १३३ जना यात्रु सवार थिए

दक्षिणपश्चिम चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । यो यात्रु विमानमा १३३ जना यात्रु  सवार थिए । चीनको आधिकारिक च्यानल सीसीटीभीले अहिलेसम्म हताहतको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताएको छ। सीसीटीभी रिपोर्टका अनुसार यात्रुवाहक  ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटना भएको ठाउँ पहाडमा आगो देखिएको छ । […]

समयमै विमान नउडेपछि विमानको प्रतीक्षामा यात्रु

काठमाडौँ, २२ पुस: मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै ।-तस्वीर : प्रदीपराज वन्त-रासस

अमेरिकामा विमान दुर्घटना, सबै यात्रु सुरक्षित

अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ।म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको सिएननले जनाएको छ। दुर्घटनामा सवार सबै यात्रु सुरक्षित रहेका छन्।ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन्। ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।

जाकार्ताबाट ५० यात्रु लिएर उडेको विमान सम्पर्कविहीन

इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० यात्रु लिएर उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ।

इन्डोनेसियामा ५० बढी यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन

इन्डोनिसियाको एउटा विमान सम्पर्कविहीन भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ५० भन्दा धेरै यात्रु बोकेर उडेको विमान सम्पर्कविहीन भएको बिबिसीले जनाएको छ