त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान पिच एरियाबाट चिप्लिएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपालगञ्ज जान लागेको जहाज पिच एरियाबाट घाँसतर्फ गएको हो । ‘पार्किङबाट रनवेतर्फ जाँदै गरेको थियो, पिचबाट चिप्लिएको हो,’ उनले भने, ‘सामान्य समस्या हो, अन्य उडानहरू पनि सुचारु नै छन् ।’
यसअघि ११ असोजमा विराटनगर उडेको बुद्ध एयरको विमानमा ल्याण्डिङ गियरको इन्डिकेटरमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो ।