शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन ।
पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका छन्। विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।
दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । &ldqu...