तरकारी खेतीमा जलवायुमैत्री प्रविधि अपनाउँदै दैलेखका कृषक

दैलेख-जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा समेत स्थानीय सक्रिय छन् । डिसिए नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजना र युरोपियन युनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल नेपाल, डिसिए नेपाल, लिवर्ड, […]

सम्बन्धित सामग्री

महिला समूह बनाएर गरिएको तरकारी खेतीबाट मनग्य आम्दानी

राजविराज (सप्तरी) । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ […]

म्याग्दीको हिस्तानमा भीषण असिना‚ हिउँदेबाली र तरकारी खेती नष्ट

म्याग्दी : शुक्रबार (आज) परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति भएको छ।अन्नपूर्ण गाउँपालिका-७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदे बालीसमेत नास गरिदिएपछि किसान चिन्तित भएका छन्। म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीमा क्षति गरेको किसानले बताएका छन्।हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।  केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’ श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।  तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।  रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ । धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् । ‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’  ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

भजनी - कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ ।   २०७०÷०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेक…

उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

भजनी - कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ ।   २०७०÷०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेक…

उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

भजनी - कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ ।   २०७०÷०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेक…

वैदेशिक रोजगारी छाडेर प्राङ्गारिक तरकारी खेतीमा

पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा प्रतिकूल असर परेकाले विदेशबाट फर्केर ३८ वर्षीय कृषक बाबुराम केसीले व्यावसायिक जैविक खेती थाल्नुभएको हो ।

सल्यानका किसान प्लास्‍टिकका टनेलप्रतिआकर्षित

सल्यान : जिल्लाका किसान प्लाष्टिक घरमा तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन्। तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोगबाट व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भए पछि कृषक प्लाष्टिक घरभित्र तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। खुला आकाशमा तरकारी खेती गर्दा रोग किराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक ...

पुख्यौली पेशा छोडेर तरकारी खेतीमा रमाउँदै बाजुराका किसान - Naya Patrika

बाजुरा छेडेदह गाउँपालिकाका कृषक आफ्नो पुख्यौली पेशा छोडेर तरकारी खेतीमा रमाउन थालेका छन् । बाजुरा द्रवार पहल परियोजनाले नमुना कृषक समुह गठन गरी तरकारी खेती सम्बन्धि तालीम दिएपछि किसानहरु तरकारी...पूरा पढ्नुहोस् »

सुपर जोनले ल्यायो कास्कीमा तरकारी खेतीमा नयाँ प्रविधि :: Pahilopost.com

हरि बास्तोला  पोखरा : बाँसको खम्बा, भाटा र फलामे तारले कसेर र प्लास्टिक ओढाएर बनाइएको टनेल प्रणालीमा तरकारी खेती गर्दै आएका कास्कीका कृषक यतिखेर भने हाई टेक (हरितगृह प्रविधि) अपनाउन लालायित छन्। यो जिआई पाइप राखेर बनाइने तापमान अनुकूलित अत्याधुनिक प्रविधि हो।  नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण