पाल्पाका महिलाहरु तरकारी खेतीमा आकर्षित

काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीले महिलाहरूको दैनिकी बदलिदै गएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने महिलाको दैनिकी बनेको छ । काउली, बन्दा उत्पादन गरेर यहाँका […]

सम्बन्धित सामग्री

महिला समूह बनाएर गरिएको तरकारी खेतीबाट मनग्य आम्दानी

राजविराज (सप्तरी) । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ […]

चितवनका किसान सामूहिक खेतीमा आकर्षित, हट्यो जमिन बाँझोको समस्या !

चितवन । भरतपुर नगरपालिकाका केही युवाहरू सामूहिक खेतीमा आकर्षित भएका छन् । यहाँका १८ परिवारले शुरु गरेको आधुनिक सामूहिक खेती फार्ममा अहिले थप किसान जोडिएका छन् ।  फार्मका अध्यक्ष लेखनाथ भुसालका अनुसार अहिले सामूहिक खेतीमा थप १० जना जोडिएर २८ पुगेका छन् ।  फार्ममा आवद्ध किसानहरूले सामूहिक खेती गर्नेको संख्या मात्रै बढाएका छैनन्, सामूहिक खेती गर्ने जमिनको क्षेत्रफल पनि बर्सेनि बढाउँदै लगेका छन् ।  उनीहरूले पहिलो वर्ष ५० बिगाहामा सामूहिक खेती गरेका थिए । यस्तै, दोस्रो वर्ष ९० बिगाहा र तेस्रो वर्ष १०० बिगाहामा सामूहिक खेती गरेका थिए । सामूहिक खेती थालेको चौथो वर्षमा त्यो क्षेत्रफल अझ विस्तार भएको छ ।  सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती शुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष भुसालले बताए ।  हाल भरतपुरको वडा नम्बर २०, २३, २४ र २५ गरी चारओटा वडामा कृषि कर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले तरकारी थोरै थोरै उत्पादन गर्थे । अहिले प्लट अनुसारका उत्पादन गर्न थालेका छन् । २८ ओटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ,’ भुसालले भने, ‘यसले गर्दा किसानलाई धेरैथरि तरकारी उत्पादनको झन्झट पनि भएन ।’ सामूहिक खेतीले बाली मात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो भएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन्,’ भुसालले भने, ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’ सामूहिक खेती थालिएपछि उक्त फर्मले अनुदान पनि पाएको छ । उनीहरूले तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् ।  फर्मले ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रुपैयाँ अनुदान पाएको अध्यक्ष भुसालले बताए । यस्तै, भरतपुर महानगरपालिकाबाट अनुदानमा कृषि सामग्री पाएको उनको भनाइ छ ।  महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री, जस्तै : हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिँचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् ।‘यसरी तरकारी खेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ,’ उनले भने । त्यति मात्रै होइन, फर्ममा आवद्ध किसानले तालिम पनि पाएको उनी बताउँछन् ।  उनको बारीमा अहिले धान खेतीदेखि घिरौंला, बोडी, करेला, फर्सीसम्म उत्पादन भइरहेको छ । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भुसालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’ कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्न बाली र तरकारी खेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए । समूहका सचिव सुमन सुवेदीले बीउ खरीददेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पुर्‍याउने समयसम्म बिचौलियाको जगजगी थियो,’ सुवेदीले भने, ‘एक्लाएक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’ उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती थालेका थिए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

बेमौसमी खेतीमा किसानको आकर्षण

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ । खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्। जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ। प्लाष्टिकको टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ । तिला  गाउँपालिका–१ अर्जुन बुढाले प्लाष्टिक टनेलमार्फत...

बेमौसमी खेतीमा किसानको आकर्षण

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ । खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्।जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेती

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।  केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’ श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।  तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।  रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ । धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् । ‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’  ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

सल्यानका किसान प्लास्‍टिकका टनेलप्रतिआकर्षित

सल्यान : जिल्लाका किसान प्लाष्टिक घरमा तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन्। तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोगबाट व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भए पछि कृषक प्लाष्टिक घरभित्र तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। खुला आकाशमा तरकारी खेती गर्दा रोग किराले आक्रमण गर्ने हुँदा बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक ...

प्रतापपुरका बासिन्दा अर्गानिक तरकारी खेतीतर्फ आकर्षित

१७ मंसिर, वीरगञ्ज । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरका श्यामबहादुर राई अर्गानिक तरकारी खेतीमा व्यस्त छन् । उनको बारीमा भेन्टा, खुर्सानी बेच्ने बेला भइसकेको छ । यसैवर्षदेखि ८ कठ्ठा खेतमा तरकारी खेती गरेका उनी दैनिक एक क्विन्टल …

कौसी तरकारी खेती गर्न बिरुवा वितरण

गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन तर्फ स्थानीयहरू आकर्षित देखिएका छन् । कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ ।

तरकारीमा विषादीको प्रयोग घटाइँदै

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट आउने तरकारी नियन्त्रण गर्दै स्थानीय किसान अग्र्यानिक तरकारी उत्पादनमा सक्रिय भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिकाका किसान व्यवसायिक खेतीमा लागेका हुन् ।