काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले थप एक चिनियाँ भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। चीनको सिनोभ्याक नामक कम्पनीले उक्त भ्याक्सिनको उत्पादन गरेको हो। यसअघि डब्ल्युएचओले सिनोफर्माको भ्याक्सिनलाई मात्रै अनुमति दिएको थियो।डब्ल्युएचओले सम्पूर्ण देश‚ एजेन्सी र समुदायलाई विश्वास दिलाउँदै उक्त भ्याक्सिन सुरक्षित रहेको र भ्याक्सिनको अन्तर्राष्ट्रिय मानकहरूमा खरो उत्रिएको जनाएको छ। अनुमति प्रदान गर्नुअघि भ्याक्सिनको प्रभावकारिता असर र सुरक्षासम्बन्धी अध्