यस्ता छन् संसारका ५ अग्ला गगनचुम्बी भवनहरु

एजेन्सी । जमिनबाट उचाईमा, गगनचुम्बी महलहरु आधुनिक शहरका विशेषता हुन् । १९३० को दशकदेखि संसारका शहरहरुमा यस्ता ठुला- ठुला भवनहरु निर्माण गर्न सुरु गरीएको हो । संसारमा त्यस्ता धेरै रेकर्ड तोड्ने उचाइका भवनहरु बनेका छन् । जसले राम्रो डिजाइनको पुरस्कार समेत थापेका छन् । विश्वका दश अग्लो गगनचुम्बी भवनहरु यस प्रकार छन् । बुर्ज खलिफा, […]

सम्बन्धित सामग्री

घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?

काठमाडौं – हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्बिर राखेको देखेका छौँ । यस्ता तस्बिरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ । तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ । आज हामी घरका भित्तामा अग्लाअग्ला पहाड तथा हिमालका तस्बिर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ […]

मैले देखेको नेपाल

नेपाल धरतीको यस्तो भूखण्ड हो जो असाधारण, अनुपम र अद्वितीय छ । यो विस्मयकारी भूगोल हो । यहाँ सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमशिखर छन् । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको होचो भूभाग कचनाकवल (केचना) जस्तो ठाउँ पनि यहीं छ । यहाँ प्राकृतिक विविधताका यस्ता अनेक दृष्टान्त छन् ।

मसानघाटको प्राइभेटाइजेशन

सरकारले निजीक्षेत्रलाई उचालेपछि एकताका देशमा हरेक कुरा खोल्ने लहर चलेको थियो । त्यही भएर निजी बैंक खुले, सेक्युरिटी गार्ड कम्पनी आए, उद्योग खुले, विद्यालय, विश्वविद्यालय खुले । विकासले उँभोगति लिनुपर्नेमा अधोगति लिएपछि अहिले गाभिने, बन्द गर्ने कहर चलेको छ । उँधै गति उँधै मति भएका र चारतिर टाउको फर्काउने राजनीतिक दलहरू सत्ता भोग गर्न सजिलो होस् भनेर होला एकताको मोर्चा कसेका छन् । पाल्नभन्दा फाल्न सजिलो हुन्छ भनेर अर्थमन्त्रीले बजेटमै कतिपय संस्थान, विभागहरू बन्द गर्ने घोषणा गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फकाएर, नभएर तर्साएरै एकआपसमा गाभिनू भन्यो, गाभिए, गाभिँदै छन् ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ ।  सपना भएका युवा जति लखेटेपछि शैक्षिक संस्थाहरू आफै बन्द हुँदै छन् । जहाँ विद्यार्थी धेरै छन्, त्यहाँ विद्यार्थीले नै कहिले ताला लगाउने त कहिले शिक्षक वा प्राध्यापक कुट्ने अभियान चलाएका छन् । त्यसैले पहाडका गाउँ बस्तीमा मात्र होइन, तराईका विश्वविद्यालयहरू पनि सुनसान हुन पुगेका छन् । यसलाई मसानघाट भन्दा पनि फरक नपर्ने भएका छन् । पढ्न र काम गर्न चाहनेहरू विदेश भासिएका छन् । दुवै गर्न नचाहनेहरू राजनीतितिर । त्यसैले अब उद्योग सुद्योगमा लगानी गर्नुभन्दा मसानघाट खोल्नु बढी उपयोगी हुने देखिन्छ ।  शिक्षकहरू पढाएका कारणले पिटिनु परिरहेको छ, मर्नुपरिरहेको छ । डाक्टरहरू उपचार गरिदिएकाले पिटिनु परिरहेको छ । किसानले खेती गरेकैले मर्नुपरिरहेको छ । नेपाली युवा विदेशमा गएर मर्नुपरिरहेको छ । उद्यमीहरू सडकमा वा घरमा आत्महत्या गर्नुपर्ने बाध्यतामा छटपटिनु परेको छ । सडक पेटीमा सानातिना व्यवसाय गरेर गुजारा गर्नेहरू र सर्वसाधारणलाई त सजिलोसँग मर्ने ठाउँ पनि दिएको छैन स्थानीय र संघीय सरकारहरूले । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   आलीदेखि थालीसम्म विष । सडकमा निस्क्यो, विष भरिएको हावा । यसो टिभी हेर्‍यो, सामाजिक सञ्जाल चहार्‍यो विष भरिएको विचार । अहिले जसरी कतिपय पार्टी प्यालेस र रेष्टुराँहरुले जस्ता किसिमका विषसरह खाना ख्वाइरहेका छन्, कतिपय सुविधासम्पन्न अस्पतालले बिरामीसँग जसरी असुली गरिरहेका छन्, के ती कुनै मसानघाटभन्दा कम छन् र ?  त्यसैले अब देशमा उद्योग–सुद्योग, शिक्षालय, औषधालय आदि भन्दा मसानघाटको काम बढी छ । आगोमा जल्ने कि व्यापार व्यवसायको चिन्तामा जलेर खरानी हुने दुई विकल्प मात्रै दिएको छ सरकारले । नेताहरूको कृपाले देशभरि ठडिएका भ्यू–टावरहरूबाट को, कहाँ, कसरी जलिरहेका छन् हेर्न पनि सजिलो भएको छ । उहिले प्रजाको चुल्हो बलेको हेर्न राजा महाराजाहरू अग्ला अग्ला दरबार बनाउँथे । अहिलेकाहरू जनताको घर बलेको हेर्न भ्यूटावर बनाउँछन् ।   सरकारले गर्ने काम वा चलाउने प्रायः सबै संस्थानहरू घाटामा चल्ने गरेका छन् । त्यसैले मसान केन्द्रहरू चाहिँ निजीक्षेत्रलाई खोल्न प्रोत्साहित गर्नुपर्छ । अर्थात् अब मसानघाटको पनि प्राइभेटाइजेशन गर्नुपर्छ । त्यसपछि मान्छेलाई मर्न कसरी प्रेरित गर्नुपर्छ, उसले गरिहाल्छ । त्यसपछि त मसान केन्द्रको प्रचारमा शहर शहरमा ई–बोर्डहरू लाग्नेछन् । धेरै मानिसहरू हिँड्ने वा गुड्ने शहरका मुख्य गौंडाहरूमा ठूलठूला तुलहरू टाँगिनेछन् । ‘मर्नका लागि सबैभन्दा उत्कृष्ट स्थल । पवित्र मसान केन्द्र । शहरका बीच्चबीच्चमा, प्राइम लोकेसनमा अनलाइन बुकिङको पनि सुविधा । गर्मीको मौसममा बुकिङ गर्दा दोस्रो मुर्दा सित्तैमा । कुनै अतिरिक्त शुल्क लाग्दैन । आधा खर्चमा पूरै परिवारका लागि स्किम । स्वीमिङ पुल, पानीका रंगीन फोहरा, शपिङ मल, सिनेमा हल, रेष्टुराँ, पार्किङ लगायतका सुविधा भएको एकमात्र मसान केन्द्र’ आदि, आदि । मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् । त्यसो त देशमा केही वर्षयता मसानघाटहरूले आफ्नो गति समातेका छन् । तर ती घाटहरू सरकारी भएकाले पारा पनि सरकारी अर्थात् त्यहाँ ढिलासुस्ती हुने नै भयो । तर हिजोआजका मुर्दा तुरुन्त जल्न चाहन्छन् । जल्नु पनि एउटा फेशन बनिसकेको छ । अब मुर्दा जल्ने कार्य एउटा गज्जपको इभेन्ट बनेको छ । जसरी विवाहको व्यवस्थापन गर्न हिजोआज ‘वेडिङ इभेन्ट म्यानेजमेन्ट कम्पनी’हरू खुलेका छन्, त्यसैगरी मुर्दालाई अस्पतालबाट घाटमा पुर्‍याएर खरानी बनाउँदासम्मको जिम्मा यिनै मुर्दा इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्न थालेका छन् अर्थात् ओशोले भनेजस्तै ‘मृत्यु अब एउटा उत्सव’ अर्थात् सेलिब्रेसन इभेन्ट बनिसकेको छ । वास्तवमा मुर्दा जलाउने उत्सव पर्यटकका लागि पनि एक आकर्षक मनोरञ्जन बन्न सक्छ, यसलाई ‘कालो पर्यटन’ भन्छन् क्यार । जसरी जनताहरू भोक, अभाव र गरीबीले तड्पी तड्पी मरिरहेको देखेर नेताहरू आनन्दविभोर भइरहेका छन्, त्यसैगरी पर्यटकहरू पनि दुई तीनघण्टे मुर्दा जलन कार्यक्रममा सहभागी भएर रोमाञ्चित बन्न सक्छन् । पशुपति आर्यघाटमा भीआईपीलाई जलाउने ठाउँमा आफ्ना मान्छे जलाउन निकै सोर्सफोर्स लगाउनुपर्ने हुन्छ । निजी मसानघाट हुनेबित्तिकै जसले बढी दाम दिन सक्छ, उही भीआईपी बन्न सक्छ । पहिले धनीहरू मात्र महँगोमा जल्न मन पराउँथे । अब त मध्यम वर्गमा पनि बढी शुल्क तिरेर जल्ने फेशन चलेको छ । निजी मसानघाट भयो भने यता मधुर संगीत बजिरहेको हुन्छ, उता संगीतको लयसँगै पानीको फोहरा तलमाथि गरिरहेको हुन्छ । अनि विनाकुनै माथापिच्छी मुर्दा आफै चुपचाप जलिरहन्छ । यसका लागि कुनै पनि दाउरालाई तलमाथि गरिरहनै पर्दैन । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ ।  यस्ता मसान एवं शपिङ केन्द्रहरूमा बालबालिकाका लागि पनि ‘किड्स प्ले कर्नर’ बनाउन सकिन्छ । यसमा केटाकेटीहरू आरामसँग उफ्रिने–पाफ्रिने गर्न सक्छन् । मसानघाटको भित्रै रेष्टुराँ खोलेर मेनु पढेर जे मन लाग्यो, त्यही मगाएर आनन्द लिन सकिन्छ । छेउमा ठूलो स्वीमिङ पुल बनाउन सकिन्छ । पाँचतारे सुविधायुक्त एयरकन्डिसन घाटमा अनलाइन बुकिङ गरेर अनलाइन दाहसंस्कार उत्सवको पनि व्यवस्था हुन सक्छ ।  यो व्यवस्थाअनुसार आफ्नो कुनै पनि प्रियजनको मृत्यु भएपश्चात् आफ्नो घर बसी बसी अनलाइन मन्त्रोच्चारण, फुकफाक कार्यक्रम गर्न सकिन्छ । यो सबै गर्न यताउता कुद्नु जरुरी छैन । दाउरा मिलाउनेदेखि कपाल क्रियासम्म सबै डिजिटल व्यवस्था हुन सक्छ । पण्डित, पुजारी, मिठाईवाला, ब्यान्डबाजा आदिका साथ ग्रहदशा शान्तिसम्मको कार्यक्रम आयोजना गर्ने पनि प्याकेजमै अफर गर्न सकिन्छ । अहिलेको यस्तो प्रदूषित र महँगीको माहोलमा प्रियजनको अन्तिम संस्कारका साथ सीधै स्वर्गको टिकट कटाउन सकिने यस्ता प्राइभेट मसानघाटहरूमा मर्न जान कसलाई मन नलाग्ला र ?

के तपाईं तुलनात्मक रुपमा अग्लो हुनुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

पछिल्लो एउटा अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौं समस्याको जोखिम हुन सक्छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढी अवस्था अध्ययन गरेका थिए ।  अनियमित रुपमा मुटुको धड्कन, पिडौलाको नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम  अग्लो पनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए । ५ फिट ९ इन्च वा त्यसभन्दा अग्ला मानिसहरूमा छाला तथा हड्डी संक्रमणको जोखिम रहेको अनुसन्धानकर्ताले बताएका छन् । उनीहर

सलमानभन्दा कम छैनन् कट्रिना कैफका बडीगार्ड, आफूलाई ठान्छन् शाहरुख खान

कट्रिना कैफ अभिनेता विक्की कौशलसँग विवाहको खबरका कारण चर्चामा छिन् । हालसम्म मानिसलाई नायिकाको व्यावसायिक र नीजि जीवनबारे लगभग सबैकुरा थाहा भइसकेको छ । तर उनको जीवनमा एक यस्ता व्यक्ति छन् जसले उनको जीवनको रक्षा गर्ने गर्छन् । उनी हुन् कट्रिनाका बडीगार्ड दिपक सिंह । आउनुहोस् नायिकाका यी बडीगार्ड को हुन्, यसबारे जानकारी लिऔं ।६ फिट अग्ला, सुगठित शरीर – दिपक सिंह हेर्दा नै कुनै बक्सरभन्दा कम लाग्दैनन् । उनको गुड लुक्स र परफेक्ट फिजिक देखेर जोकोही उनलाई मोडल ठान्ने गल्ती गर्न सक्छन् । अभिनेता

यस्ता छन् नेपाली सेनामा कुकुर, एउटाको दैनिक खर्च ३७३ रुपैयाँ

काठमाडौं । कुकुरहरू कहिले आगो लागेको रिङबाट हाम्फाल्छन्, कहिले आफ्नो अगाडि उभ्याइएका अग्ला बारहरू नाग्छन् । घरी सुँघेरै अपराधी र विस्फोटक पदार्थ राखेको ठाउँ पत्ता लगाउँछन् । घरी बिरामी भएका आफ्ना मालिकलाई बचाउन खोज्छन् । यी दृश्य हुन् भैरव वाहन गुल्मको । यहाँका कुकुरहरूको विशेष कला प्रदर्शनी गर्दै आज बिहान कुकुर...

आफु भन्दा अग्ला नेतोको रिस गर्छिन मर्केल

सामान्य बुझाईलाई आधार मान्ने हो भने जनताले आफ्नो हित पुरा गर्न सक्ने नेतालाई मतदान गर्ने गर्छन् । यसैमा उनीहरुको हितको रक्षा हुने गर्छ । तर एक शोधले मतदाताले अग्ला मानिसलाई बढी रुचाउने गरेको देखिएको छ । मतदाताले यस्तै मानिसलाई भोट दिने गर्छन्, किनकी उनीहरुलाई यस्ता मानिसलेनै राम्रो काम गर्न सक्ने उनीहरुलाई लाग्छ । हामी यहाँ उचाई बढी भएका र केही कम भएका नेताको बारेमा चर्चा गर्न गइरहेका छौ । आयरल्यान्डका राष्ट्रपति माइकल डी हिग्गिंसको उचाई पाँच फूट अर्थात् १६० सेन्टीमीटर रहेको छ ।

रुकुमका कलात्मक घर

रुकुम । विकास प्रकृयासँगै विश्वका विभिन्न सहरमा धेरै ठूला र अग्ला महलहरु बनिरहेका छन् । नेपालकै संघीय राजधानी काठमाडौं तथा मोफसलका ठूला सहरमा पनि अग्ला महलहरु बन्ने क्रम जारी छ । ग्रामीण क्षेत्रमा भने गाउँले परिवेशका कलात्मक रुपमा बनेका घरले सबैको मन तान्ने गरेका छन् । परम्परागत तरिकाले माटो, ढुंगा र काठबाट बन्ने यस्ता कलात्मक घरहरु पछिल्लो समय सहरिया देखासिकीपछि लोप हुने क्रममा पनि छन् ।

भरतपुरमा गगनचुम्बी व्यपारिक भवन ‘सीजी ल्याण्डमार्क’

१५ मंसिर, चितवन । चितवनको भरतपुरमा चौधरी ग्रुपले १० तले एक ठूलो व्यवासायिक भवन निर्माण गरिरहेको छ, 'सीजी ल्याण्डमार्क' । चितवनमा यति अग्लो व्यवसायिक संरचना अहिलेसम्म निर्माण भएको थिएन । राजधानी काठमाडौंमा अग्ला-अग्ला गगनचुम्बी भवनहरु निर्माण भएपनि चितवनमा भने यस्ता संरचनाहरुको निर्माण हुन सकेको थिएन । भरतपुरको आर्मी ब्यारेकसँगै सटेको जग्गामा …

पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल :: Pahilopost.com

पर्वत : मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल जस्ता आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो माध्यम नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन्। विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै यस्ता पुल नेर्माण भएका थिए। नेपालकै अग्लो