निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने जसपा यादव पक्षको तयारी

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै कानुनी र राजनीतिक उपचार खोज्ने बताएको छ। अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एकपक्षीय हित अनुरुप आयोगले गरेको निर्णय मान्य हुँदैन। आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ। यसविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहन्छ।’

सम्बन्धित सामग्री

अदालत जाँदै जसपा नेपाल, केन्द्रीय कार्यकारिणी बैठकलगत्तै पत्रकार सम्मेलन

२६ वैशाख, काठमाडौं । पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय …

पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।

पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।

पार्टी विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने

२५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनविरुद्ध अदालत जाने भएका छन् । यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । नवगठित …

सांसद पद गुमाएका लुम्बिनीका तीन मन्त्री सर्वोच्च अदालत जाने

सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाश

आगामी रणनीति तय गर्न ठाकुर पक्षको बैठक जारी

काठमाडौं। महन्थ ठाकुर पक्षको बैठक अहिले बबरमहल जारी रहेको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि पहिलोपटक ठाकुर पक्ष छलफमा जुटेका हो। बैठकमा निर्वाचन आयोगको फैसलापछि कसरी अगाडि बढ्ने, आगामी रणनीति, सर्वोच्चको मुद्दा, सरकारमा सहभागीतालगायतको विषयमा छलफल भइरहेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगको फैसलाको विरुद्ध अदालत जाने विषयमा पनि छलफल भएको छ।

आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष अदालत जाने

काठमाडौं। निर्वाचन आयोगको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने भएको छ। ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने बताए। मंगलबारको बैठकमा अदालत जाने, नयाँ पार्टी गठन गर्नेलगायत विषयमा निर्णय गर्ने उनले बताए। उनले भने,'साउन १५ मा पुरानै मुद्दाको पेशी छ। फेरी मुद्दा हालेर जान पनि सकिन्छ।'

निर्वाचन आयोगका निर्णयविरुद्ध जसपाको उपेन्द्र यादव पक्ष अदालत जाने तयारीमा

निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज त्यसका लागि कानुन व्यवसायीसँग छलफल गर्न लागेको बताइएको छ ।यादव पक्षका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले न्यायको लागि अदालत जाने प्रतिक्रिया दिए । ‘जसपाको बारेमा निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक छ, हामी न्यायका लागि अदालत जान्छौं’, उनले भने ।  अदालत जानुअघि आज कानुन व्यवसायीसँग छलफल गरिने उनको भनाइ छ

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

काठमाडौं, असार १ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा मंगलबार बस्ने बैठकमा छलफल हुन्छ’, उनले […]