आगामी रणनीति तय गर्न ठाकुर पक्षको बैठक जारी

काठमाडौं। महन्थ ठाकुर पक्षको बैठक अहिले बबरमहल जारी रहेको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि पहिलोपटक ठाकुर पक्ष छलफमा जुटेका हो। बैठकमा निर्वाचन आयोगको फैसलापछि कसरी अगाडि बढ्ने, आगामी रणनीति, सर्वोच्चको मुद्दा, सरकारमा सहभागीतालगायतको विषयमा छलफल भइरहेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगको फैसलाको विरुद्ध अदालत जाने विषयमा पनि छलफल भएको छ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको पहिलो बैठककाे एजेन्डा तय गर्न सर्वदलीय बैठक जारी

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नसर्वदलीय बैठक संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नका लागि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले यो बैठक बोलाएका...

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी रहेको  कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने उनको भनाइ छ।  बैठकमा भावी योजनाबारे समेत छलफल हुने ढकालले बताए। आइतबार तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचनबारे छलफल भैरहेको छ । कांग्रेसले दलको नेताको चुनाव यसै साता गर्ने तयारी गरेको छ । त्यसको लागि कार्यसम्पादन समितिको बैठकमा छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकले दलको नेताको चुनावको मिति पनि तय गर्ने बुझिएको […]

शेखर कोइराला समुहको बैठक जारी

काठमाडौं, १० असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेता डा.शेखर कोइराला समुहको बैठक जारी छ । खबरदारीका आगामी कार्यक्रम तय गर्न बैठक ठमेलस्थित एक होटलमा बसिरहेको हो । युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी छन । कोइराला समुहले प्रत्यक्ष […]

जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले प

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतमा संघीय संसद भवनमा एमसीसीको कार्यसुची तय गर्न समितिको बैठक सुरु भएको हो । आजको बैठकले एमसीसी टेबल गर्न कार्यसुची तय गर्ने जनाइएको छ । आज मात्रै सत्ता गठबन्धनको बैठक सकिएको छ र बैठकले एमसीसी टेबल गर्ने दिने निर्णय गरेको […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ । बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा जारी छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका […]

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं, ४ फागुन। संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी अनुमोदन […]

राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो। राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।

नेपाली कांग्रेसको कार्यसमितिको बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठक साँढे ३ पछि सुरु भएको हो। बैठकले पार्टीको महाधिवेशन संशोधनको कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ। जेठ २९ गते पदाधिकारी बैठकले तय गरेको महाधिवेशनको मिति ९ दिन सार्ने र अन्य कार्यतालिका संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको हो।