कक्षा ४ पढ्दा साथीको झोला छोइएपछि पुष्प बादीले दुई व्यक्तिबाट कुटाइ खाए । एउटा झोलावाला साथी र अर्को शिक्षक । झोलाभित्रको रोटी छोइएको निहुँमा साथीले कुटिन् भने पढाउने शिक्षकबाट पनि उल्टै पुष्पले कुटाइ खाए । आफूलाई कुटेको खबर लिएर शिक्षकहाँ पुग्दा उल्टै रोटी किन छोइदिएको भन्दै शिक्षकबाट कुटिएपछि पुष्पले विभेदबारे थाहा पाउन थाले ।