काठमाण्डौ महानगरमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली अनुगमनमा ...

सम्बन्धित सामग्री

वीरगञ्जमा म्याद गुज्रिएका बियर बिक्री वितरण

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका विभिन्न मदिरा पसलमा म्याद गुज्रिएका बियर बिक्री वितरण भइरहेको पाइएको छ। महानगरमा रहेका मदिरा पसलमा अनुगमनको क्रममा म्याद गुज्रिएका बियर फेला परेपछि त्यस्ता बियरको बिक्री वितरण भइरहेको खुलेको छ। साथै, थुप्रै मदिरा पसलले महानगरबाट व्यवसाय प्रमाणपत्र नलिएर सञ्चालन गरेको पनि पाइएको छ। बिहीबार र शुक्रबार दुई दिन महानगरको बजार अनुगमन समितिले […]

काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

१८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री […]

विराटनगर महानगरमा बजारको संयुक्त अनुगमन

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासा आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधवार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीट्समा पिउने पानीको बोतलमा अधिकतम खुद्रा मूल्यसमेत उल्लेख नगरेको र खरीदविक्री बिल मूल्यांंकन गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा राखी विक्री गरेको पाइएको छ । अनुगमन टोलीले उक्त पसललाई आवश्यक कागजातसहित ३ दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिएको छ । ‘मूल्य, गुणस्तर र नापतौलका विषयमा उपभोक्ताबाट व्यापक गुनासो आएपछि हामीले संयुक्त बजार अनुगमन गरेका हौं,’ उपमेयर कार्कीले भनिन्, ‘महानगरसहित तीनै तहका सरकारका उपभोक्ता हितसँग सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागितामा संयुक्त बजार अनगुमन गरिएको हो । यो महानगरको नियमित अनुगमन पनि हो ।’ स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको प्रमुख जिम्मेवारी तोकेको छ । त्यस्तै जलजला रोडस्थित बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालीगढ तथा कामदारलाई श्रम ऐनविपरीत हुनेगरी पारिश्रमिक दिएको पाइएको छ । आफ्नो पारिश्रमिकका विषयमा कामदार समेत अनभिज्ञ रहेको र उनीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल जानकारी दिए । टोलीले खाद्य, लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पल, होटललगायत पसलको अनुगमन गर्ने कार्यक्रम थियो । यद्यपि व्यापारीहरूले पसल बन्द गरेकाले बुधवारको पूर्वनिर्धारित अनुगमन स्थगित गरिएको थियो । अनुगमन टोली पुगेपछि व्यापारीहरूले पसल बन्द गरेका थिए । व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए । ‘व्यापारीहरूले हामी पुग्नेबित्तिकै पसल बन्द गर्न थाल्नुभयो,’ पौडेलले भने, ‘यो नियमित र संयुक्त अनुगमन भएकाले महानगरले अघि सारेको पार्किङ व्यवस्थापनसँग यसको कुनै सम्बन्ध छैन । व्यापारी तथा व्यवसायीले बुझिदिनुपर्छ । बजार सुशासन कायम गर्न उहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।’ अनुगमनमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, बजार निरीक्षण अधिकृत सरोजकुमार गौतम, महानगरका धीरज राई, गुणस्तर तथा नापतौल कार्यालयकी सुशीला तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका दीर्घबहादुर घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तारानाथ भट्टलगायत तीनै तहका सरकारका कर्मचारी प्रतिनिधिको सहभागिता थियो ।

उद्योगमा फोहोर पानीको अनुगमन गर्न जाँदा, भेटियो सडेको दालको गोदाम

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी सफाइका लागि महानगरमा रहेको उद्योगमा पानी प्रशोधन केन्द्र स्थापना भए नभएकोबारे अनुगमन गर्न जाँदा एक दाल मिल उद्योगको गोदाममा सडेको दालको गोदाम नै भेटिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मंगलबार बिहान वीरगञ्ज महानगरपालिका–२१ मा रहेको उद्योगको अनुगमन गरेको थियो। महानगरका उपप्रमुख इम्तियाज आलम र सहायक प्रमुख […]

पोखरा महानगरमा आचार संहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री नियन्त्रण

पोखरा । पोखरा महानगरभित्र निर्वाचन आचार संहिता विपरीत प्रयोग भएका प्रचारप्रसार सामग्री निर्वाचन कार्यालयले नियन्त्रणमा लिएको छ । आचार संहिता विपरीत चर्को आवाजमा माइकिङ गरेको भन्दै मङ्गलवार १२ थान ‘हर्न स्पिकर’ नियन्त्रणमा लिइएको छ । पोखरा महानगरपालिका क्षेत्रमा चुनावी प्रसार प्रचारमा कडाइ गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित प्रहरीको सहयोगमा अनुगमन गरेको छ ।

कांग्रेसलाई सत्ता साझेदारको प्रस्ताव : महानगरमा ३-३ को भागवण्डा गरौं

२७ चैत, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रमा दलहरुले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले महानगरको भागवण्डा प्रस्ताव गरेका हुन् । नेताहरुले कांग्रेसलाई […]

गठबन्धनभित्र तालमेल नमिल्दा महानगरमा बार्गेनिङ

काठमाडौं, चैत २७ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलबीच भागबन्डा नमिल्दा तालमेलको मोडालिटी नै अन्योलमा परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले २२ चैतमा चुनावी तयारी काम गर्न भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका […]

अनुगमन संयन्त्रलाई एकीकृत गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ । अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण रहेका छन् । त्यसैगरी संरक्षण […]