उनले दिउँसो १२ बजेको समय दिएका थिए। हामी दस मिनेट पहिल्यै पुग्यौं। बाह्र बज्न पाँच मिनेट बाँकी थियो। भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति हातमा झोला बोकेर कार्यालय आइपुगे। हामीलाई हेर्दै मुसुक्क हाँसे र आफ्नो कोठामा छिरे। लगत्तै रिसेप्सनका कर्मचारीले हामीलाई बैठकमा लगे। भर्खरै बनेको नयाँ कोठामा सबथोक नयाँ थिए, झ्यालबाहेक। झ्याल भने परम्परागत डिजाइनका थिए,…