डाेटी – लगातारको वर्षाका कारण डाेटीमा तीन घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार आज वर्षाले सायल गाउँपालिका १ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् ।
यसैगरी बडीकेदार गाउँपालिका १ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किँदा घरमा ...