वर्षाले घर भत्किएर दाजुभाइको मृत्यु

काठमाडौं : डोटीमा वर्षाले घर भत्किएर दाजुभाइको मृत्यु भएको छ। लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का वीरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको हो। एक जनाको शव निकालिएको र अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।