मुगु। जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो । छायाँनाथ रारा नगरपालिकास्थित दुधे आधारभूत विद्यालयका प्रधानाध्यापक जानबहादुर मल्लले ग्रामीण समुदायका बस्तीमा गरिबी र अशिक्षाका कारणले किशोरी अवस्थाका छ–सात कक्षामा पढ्दा नै बिहे […]