कर्णाली प्रदेश सरकारले हवाई उद्दारका लागि निकासा गर्‍यो पौने १४ करोड

जेठ ८, सुर्खेत । कर्णाली प्रदेश सरकारले बिरामीको हवाइ उद्दार, अक्सिजन र  कोरोनाको उपचारमा प्रयोग हुने औषधिका लागि १३ करोड ८० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमार्फत उक्त कामको जिम्मेवारी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलाई दिएको हो । सरकारले अक्सिजन सिलिन्डर खरीद तथा व्यवस्थापनको लागि ६ करोड ३५ लाख रुपैयाँ, अक्सिजन कन्सन्ट्रेटरको लागि ५ करोड ४५ लाख रुपैयाँ, रेम्डेसिभिरलगायत औषधि खरीदका लागि १ करोड रुपैयाँ र कोभिड बिरामीको हवाई उद्दारको लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको हो । यसका साथै कर्णाली प्रदेशको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति क्षमता स्तरको अक्सिजन प्लान्ट सुर्खेतमा स्थापना तथा सञ्चालन गर्नेसमेत निर्णय गरिएको छ ।  कोरोना प्रतिकार्यको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेश सरकारअन्तर्गत स्वीकृत बजेट शीर्षकबाट समर्पण गराइ वा अन्य जुनसुकै बजेट शीर्षकबाट बजेटको स्रोत व्यवस्थापन गर्नेसमेत भनिएको छ ।  स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले प्रदेश सरकारको निर्देशन र निर्णयअनुसार सार्वजनिक खरीद ऐनको दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ को प्रक्रियाअनुसार एक हप्ताभित्रै तोकिएको जिम्मेवारी पूरा गर्ने गरी काम थालिएको बताए ।  उक्त दफा र नियममा विशेष परिस्थितिमा छोटो प्रक्रियाबाट खरिद कार्य गर्न सकिने उल्लेख छ । कर्णाली प्रदेश सरकारले यसअघि नै गरिब तथा विपन्न समुदायका कोरोना संक्रमितको लागि रेम्डेसिभिर औषधि निःशुल्क उपलब्ध गराउने र हवाई उद्दारसमेत निःशुल्क गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनको लागि बजेट व्यवस्था गरिएको निर्देशक खड्काले बताए ।  

सम्बन्धित सामग्री

एक महिनामै १६ करोड ६८ लाख निकासा, कोरोना नियन्त्रणको नाममा मात्रै पाैने १५ करोड

सुर्खेत : असार मसान्त नजिकिँदै पुग्दै गर्दा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ।पछिल्लो एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड ६८ लाख ४५ हजार दुईसय ४० रुपैयाँ निकासा गरेको हो। जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ। त्यस्तै कोरोना संक्रमितको उपचार तथा आवश्यक औषधि पूर्वाधार तयारका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई एक करोड ६० लाख ४३ हजार सातसय ४० रुपैयाँ निकासा