आयात प्रतिबन्धले राजस्व संकलन लक्ष्य प्रभावित

सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउनका लागि आयात प्रतिबन्ध लगाउँदा राजस्व संकलन लक्ष्य नराम्ररी प्रभावित बनेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले गत आर्थिक वर्षको वैशाख १३ गतेदेखि लागू हुने गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । जुन, चालु आर्थिक वर्षमा पनि परिमार्जनसहित यथावत थियो ।यतिबेला सरकारले आयात प्रतिबन्ध फुकुवा गरे पनि साउनदेखि मंसिर अन्तिमसम्ममा आयात प्रतिबन्ध कायम थियो । सरकारले लामो समयसम्म गाडी, मोटरसाइकल र महँगा स्मार्टफोनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । य