काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको संयोजकत्वमा गठित समितिले आयातमा बन्देज खुलाउन सिफारिस गरेको थियो।