काठमाडौं, कात्तिक १५ । विश्व बैंकले नेपालको अवस्था श्रीलंकाको जस्तो नभएको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सरकारले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, महँगा मोबाइल, तयारी मदिरा, बढी क्षमताका मोटरसाइकल, खेल्ने तास, हीरा, सुर्तीजन्य पदार्थ, ठूला आकारका टेलिभिजनलगायत १० वस्तु आयातमा रोक लगाएको थियो […]