नेपालको विकासमा रहेका अनेकन उल्झनमध्ये सरकारले विकासकै लागि छुट्टयाइएको पूँजीगत खर्च गर्न नसक्नु पनि पनि एक हो । उठेको राजस्वबाट कर्मचारीको तलबभत्ता थेग्न पनि नसक्ने सकस भोगिरहेको नेपालले विकासका लागि स्रोत (रकम) जुटाउन दाताकहाँ हात पसार्नुपर्ने हालत छ । बल्लतल्ल स्रोत अनुमान गरेर बजेट त ल्याइन्छ, तर कार्यान्वयन अवस्था वर्षेनी निराशाजनक रहन्छ । पूँजीगततर्फ बजेट समयमै खर्च नहुने, असारे विकासमा स्रोत दोहन हुने, नागरिकको थाप्लोमा दाताको ऋणबोझ थपिइरहने र अपेक्षाअनुसार विकास प्रतिफल हात नपर्ने समस्या